ताजा अपडेट »

साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विहीबार, १६ भदौ २०७९, ११ : ३९
4 Shares

मोरङ । मोरङको विराटनगर महानगरपालिका–१८ मा हिजो बेलुका साइकल पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकलयात्री मोरङकै जहदाका ४६ वर्षीय दिपचन शर्मा रहेका छन् । 

साइकलमा सवार उनी हिजो बेलुकी पौने ८ बजे साइकल पल्टिदा कल्भट खसेका थिए ।  उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रानी मोरङले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।