१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

काठमाडौं । ४९ लाख ५० हजार ५० रुपियाँसहित पक्राउ परेका धावा घ्याल्चेनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । गत साउन १८ गते पक्राउ परेका घ्याल्चेनलाई पुर्पक्षका लागि बुधबार कारागार चलान गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

Advertisement

प्रवक्ता मैनालीका अनुसार भृकुटीचोकस्थित प्रहरी प्रभाग कपनबाट खटेको प्रहरी टोलीले गरेको चेकिङमा बा।९९ प ७२०४ नम्बरको एनएस मोटरसाइकलमा सवार गोरखा चुमनुब्री १ घर भइ हाल काठमाडौं –६ तीनचुली बंगलामार्ग बस्ने २४ वर्षीय घ्याल्चेनको साथबाट स्रोत नखुलेको ३२ लाख ५० रुपियाँसहित पक्राउ गरिएको थियो ।

घ्याल्चेनसँग सोधपुछ गर्दा आफू बस्ने डेराको कोठामा थप रकम राखेको खुलेपछि प्रहरी बृत्त बौद्ध र प्रभाग कपनबाट खटेको प्रहरी टोलीले खानतलासी गर्दा १७ लाख ५० हजार रुपियाँ फेला पारेको थियो ।

घ्याल्चेनको साथबाट प्रहरीले ४९ लाख ५० हजार ५० रुपियाँ, बा।९९ प ७२०४ नम्बरको एनएस मोटर साइकल एक थान, घ्याल्चेनको सक्कल नागरिकता एक थान, रेड्मी मोबाइल एक थान, झोला एक थान र नीलो प्लास्टिकको झोला एक थान बरामद भएको थियो ।

घटनाको सम्बन्धमा नगदसहित पक्राउ परेका घ्याल्चेनमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान गरी मुद्दा दर्ता भइ भदौ १३ गतेको आदेशले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को कसूर मुद्दामा घ्याल्चेनलाई पुर्पक्षका लागि केन्द्रीय कारागार पठाइएको प्रवक्ता मैनालीले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली