७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

बुटवल । तिलोत्तमा नगरपालिकामा भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित वसोबासीहरुका लागि जग्गा नाप जाँच शुरु भएको छ । भूमि आयोगले तिलोत्तमा नगरपालिकामा वडा नं.११ मा बुधबारदेखि जग्गा नाप जाँचको काम सुरु गरेको हो ।

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले नगरपालिकामा भूमिहिन सुकुम्बासीको समस्या समाधानलाई प्राथमिकता दिएर उनीहरुलाई जग्गाको स्वामित्व प्रदान गर्न जग्गाको नापजाँच सुरु भएको बताउँदै आयोगको काममा नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भूमिहिनलाई जग्गाको स्वामित्व प्रदान गरिने र सार्वजनिक जग्गाको संरक्षणमा पनि नगरपालिकाले उत्तिकै महत्व दिएको बताए।

उनले वडामा खटिने आयोगका कर्मचारीलाई सहयोग गर्न पनि नगरप्रमुख खाँणले वडा अध्यक्ष तथा सदस्यहरुलाई आग्रह गरे।
त्यस्तै भूमि आयोगका रुपन्देही अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले आयोगले तिब्र गतिमा काम गर्ने बताउँदै त्यसमा सहयोग गर्न स्थानीय तहका जनप्रतिनीधिहरुलाई आग्रह गरे। कार्यक्रममा उपमेयर जागेश्वर देवी चौधारी, वडाध्यक्ष विष्णु बराल क्षेत्री लगायत बोलेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल