ताजा अपडेट »

क्याननको २२औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम

मंगलबार, २२ माघ २०७५, १६ : ३५
4 Shares


माघ २२,
वुटवल । सुख्खानगर स्थित क्यानन मा.वि.ले आफ्नो २२ औं वार्षिकोत्सवको अबसरमा साता ब्यापी विविध कार्यक्रमको आयोजना गरेको छ । जसअन्तर्गत माघ २२ गते वृहत सरसफाई कार्यक्रम तथा सचेतना ¥याली सम्पन्न गरेको छ । वुटवल उपमहानगरपालिका वडा नं १३ को बेलवास ,नयाँ गाउँ र तिलोत्तमा टोलमा सरसफाई गरिएको थियो । उक्त कार्यक्रममा महिला मञ्च नेपाल र तिलोत्तमा टोल विकास संस्थाले सहकार्य गरेका थिए ।
कार्यक्रममा विद्यार्थी, शिक्षक र स्थानीयबासीहरुले सरसफाईमा सरीक हुदै प्रचा, पम्प्लेट र माईकिङद्धारा जनचेतना मुलक सन्देश प्रसार गरे । वडा नं १३ का निर्वाचित वडा सदस्यहरु खुमानन्द पौडेल,बेद प्रसाद गैरे, सरस्वती परियार, महिला मंञ्च नेपालकी अध्यक्ष मधुकला कुँवर लगायत स्थानीय समाजसेवी योग गुरुङ, झविन्द्र थापा कार्यक्रममा सहभागी भएका थिए ।

विद्यालयका अध्यक्ष थानेश्वर पौडेलले तिलोत्तमा टोल विकास संस्थालाई डस्टवीन हस्तान्तरण गरे । कार्यक्रमको महत्व माथि प्राचार्य माधब कुमार पौडेलले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन तथा सहजिकरण विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गीरीले गरेका थिए । कार्यक्रममा विद्यार्थी प्रिया श्रेष्ठले सरसफाई र स्वच्छ वातावरणका वारेमा आफ्ना विचार राखेकी थिइन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।