Sep 27, 2023
हुुम्ला । गतको शुक्रबारबाट बेपत्ता भएका ताँजकोट गाउँपालिका– ४ का स्वास्थ्यकर्मी १९ वर्षीय जीवन बोगटी मृत भेटिएका छन् । स्वास्थ्य संस्थादेखि घर फर्केका बोगटी सोमबार बेलुका सल्लाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छप्रेला प्रहरी चौकीका इन्चार्ज बलिभद्र पनेरुले जानकारी दिए।
वेलुका स्वास्थ्य संस्थाबाट विदा भएर गएका बोगटी अचानक चार दिनपछि ताँजकोट गाउँपालिकाको वडा नम्बर ३ स्थित रानीवन भन्ने जंगलमा झुण्डीएको अवस्थामा फेला परेका हुन् । फेज नेपाल संस्थाको तर्फबाट मैला स्वास्थ्य चौकीमा कार्यरत बोगटी शुक्रबार घर जाने भन्दै स्वास्थ्य संस्थाबाट निस्केको भएपनि घर नपुगेपछि खोजि गरिएको थियो ।
मृत अवस्थामा झुण्डीएका बोगटीको लाशको पोष्टमार्टमका लागि सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको मैला स्वास्थ्य चौकीका इन्चार्ज धनराज ढकालले जानकारी दिए । स्वास्थ्यकर्मी बोगटीले के कारणले आत्महत्या गरे भन्ने बारेमा केहि थाहा नभएपछि त्यसको अनुसन्धान भैरहेको छप्रेला प्रहरी चौकीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्