१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

काठमाण्डौं । अब बर्ड फ्लू नियन्त्रणमा खटिने कर्मचारी एवं श्रमिकले शतप्रतिशत प्रोत्साहन रकम पाउने भएका छन् ।

Advertisement

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘बर्ड फ्लू नियन्त्रणका लागि खटाइएका कर्मचारी वा व्यक्तिलाई उपलब्ध गराइने प्रोत्साहन सुविधासम्बन्धी मापदण्ड-०७९ नेपाल राजपत्रमा प्रकाशित गरेको हो ।  जसअनुसार बर्ड फ्लू नियन्त्रणका लागि रोक नियन्त्रण कक्ष, प्रयोगशाला, आकस्मिक अन्वेषण, रेपिड रेस्पोस्स लगायत क्षेत्रमा खटिएका कर्मचारी वा व्यक्तिलाई शतप्रतिशत प्रोत्साहन सुविधाको व्यवस्था गरिएको हो ।

ती कर्मचारी वा श्रमिकले प्रतिदिन पाउने तलब वा ज्यालामा शतप्रतिशत आर्थिक सुविधा पाउनेछन् । त्यसबाहेक बिदाको दिन काम गर्नु परेमा थप शतप्रतिशत रकम पाउनेछन् ।

यसबाहेक ती कर्मचारीले खाना र खाजाको सुविधा पनि पाउने व्यवस्था मापदण्डमा कायम गरिएको छ । पशु सेवा विभाग, प्रदेशस्तरको कार्यालय वा स्थानीय तहबाट खटिने टोली प्रमुख,नियन्त्रण कक्ष प्रमुख र सूचना अधिकारीलाई यसबाहेक थप सुविधाको व्यवस्था गरिएको छ । उनीहरुले एक कामका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ सञ्चार खर्च पाउनेछन् ।

बर्ड फ्लू नियन्त्रणमा खटिएका कर्मचारीको स्वास्थ्य परीक्षण तथा औषधि उपचार खर्च सरकारले बेहोर्नेछ । औषधि उपचार खर्च बर्ड फ्लू नियन्त्रणमा खटिएका बेलाको मात्र हुनेछ । 

त्यस्तै, कर्मचारी र दैनिक ज्यालादारीमा काम गर्नेको १० लाख रुपैयाँको जोखिम बीमाको व्यवस्था गरिएको छ । जोखिम बीमा नगरेको भए रोग नियन्त्रणका लागि खछिएको अवधि वा खटिएको अवधिले ४२ दिनभित्र सोही रोगका कारणले बिरामी भएमा निशुल्क उपचार वा मृत्यु भएमा परिवारजनलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराइने व्यवस्था कायम गरिएको छ । 

मन्त्रालयले ‘बर्ड फ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका बस्तुको राहत दिने सम्बन्धी मापदण्ड-०७९’ नेपाल राजपत्रमा प्रकाशित गरेर किसानलाई क्षतिको ७५ प्रतिशत राहत रकम उपलब्ध गराउने बाटो खोलिसकेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली