१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

भक्तपुर । चिकित्सा शिक्षा आयोगले नेपालमा एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या गत वर्षभन्दा छ गुणाले वृद्धि भएको बताएको छ । आयोगले आज भक्तपुरको सानो ठिमीस्थित कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा श्री कृष्ण गिरीले गत वर्षको भन्दा छ गुणाले विदेशी विद्यार्थीको सङ्ख्या बढेको बताएका हुन् ।

Advertisement

यस वर्ष नेपालमा दुई सय ६५ जना विदेशी विद्यार्थी अध्ययनका लागि भर्ना भएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । कार्यक्रममा आयोगका सदस्य सचिव डा भोजराज काफ्लेले सामान्य मानिसहरूमा पनि चिकित्सा शिक्षाको पहुँच वृद्धि हुँदै गएको बताए । उनले नेपालमा यो वर्ष २१ वटा संस्थामा एक हजार आठ सय ९५ विद्यार्थीले एमबिबिएस पढ्न पाउने व्यवस्था गरेको बताउँदै स्नातक तहमा दुई हजार दुई सय ३२ जना विद्यार्थीले छात्रवृत्ति पाउने बताए ।

एमबीबीएसमा मात्रै चार सय ३० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको उल्लेख गर्दै उहाँले विदेशी विद्यार्थीलाई नेपालमा अध्ययन गर्न करिब एक हजार तीन सय सिट दिने गरेकामा एमबीबीएसमा मात्रै पाँच सय ५७ विदेशीले अध्ययन गर्न पाउने व्यवस्था गरेको बताए ।

पत्रकार सम्मेलनमा चिकित्सा शिक्षा आयोग अन्तर्गतको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशक प्राडा.रमेशप्रसाद आचार्यले बेलायतसँगको सम्झौतामा स्वास्थ्य जनशक्ति क्रमशः लैजाने उल्लेख गरेकामा १० हजार नर्स बेलायत लगिँदैछ भनेर झुटो हल्ला फैलाएर भ्रम सृजना गरेको बताए ।

उनले दक्ष नर्सिङ जनशक्ति उत्पादनका लागि एक सय शय्याको आफ्नै अस्पताल नभएको संस्थालाई नर्सिङ अध्ययनको अनुमति दिन नहुनेमा जोड दिँदै नर्सिङ पेसालाई व्यवस्थित बनाउन नसक्दा धेरै नर्स बेरोजगार बन्नुपरेको बताए । 

चिकित्सा शिक्षा आयोग अन्तर्गतको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशक प्राडा दिलीप शर्माले एमबिबिएस अध्ययन गर्न एक सय ८८ नेपाली विद्यार्थी विदेश गएको, बिएस्सी नर्सिङमा २९, एलाइट साइन्समा ६६ र फार्मेसी अध्ययनका लागि १७ जना विद्यार्थी अध्ययनका लागि विदेश गएको जानकारी दिए ।- रासस

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य