ताजा अपडेट »

बाढीपहिरो पीडितको उद्धार र राहतबारे सांसदले गराए सरकारको ध्यानाकर्षण

आइतबार, २२ साउन २०७९, ११ : ५०
22 Shares
आइतबार, २२ साउन २०७९
22 Shares
sf7df8f}F, @* j}zfvM k|ltlglw;efsf] a}7s ;+3Lo ;+;b\ ejg gofFafg]Zjdf cfOtaf/ a;]sf] k|ltlglw;efsf]] a}7sdf ;xefuL ;f+;b . t:jL/ M /Tg >]i7÷/f;;

काठमाडौं । सांसदहरूले पछिल्लो दिनमा परेको वर्षासँगै आएको बाढीपहिरो पीडितलाई उद्धार, राहत र स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा उनीहरूले बाढीपहिरोपीडितको उद्धार र राहत गर्न तथा बढेको स्वास्थ्य जोखिम नियन्त्रण गर्दै उपचारको व्यवस्था गर्न माग गरेका हुन् । उद्धार र राहतमा खटिएका जनशक्ति पर्याप्त नरहेको भन्दै उनीहरूले तत्काल बाढीपहिरो प्रभावित क्षेत्रमा पर्याप्त जनशक्ति खटाइ पीडितलाई उचित बासस्थान र राहतको व्यवस्था गर्न माग गरेका हुन् । 

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो गएको र पहिरोले बाटो अवरुद्ध हुनुको साथै ३३ घर जोखिममा परेको सांसद शेरबहादुर तामाङले सरकारको ध्यानाकर्षण गराए । आफ्नो जिल्लामा गएको बाढीपहिरोबारे जानकारी दिँदै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । यसरी ध्यानाकर्षण गराउने सांसदहरूमा लक्ष्मी परियार, लालप्रसाद साँवा लिम्बू, लालबहादुर थापा, विद्या भट्टराई, विनाकुमारी बुढाथोकी, विद्या भट्टराईलगायत छन् ।

साथै वर्षासँगै थुप्रिएका फोहोरले जनस्वास्थ्यमा असर गर्ने भन्दै विनाकुमारी श्रेष्ठ, विष्णु शर्मासहितका सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।