७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

काठमाडौं ।  सरकारले मंसिर ४ गते एकै चरणमा देशभर प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेकोमा निर्वाचन आयोगले धन्यवाद दिएको छ । 

Advertisement

सरकारले तोकेको मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र पारदर्शी रूपमा निर्वाचन सम्पन्न गर्न पूर्णरूपमा प्रतिवद्ध भएको आयोगले जनाएको छ । 

आयोगले दिएको परामर्श अनुसार नै निर्वाचनको मिति तोकिएसँगै प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ भन्ने सम्बन्धमा रहेको संवैधानिक तथा कानूनी अस्पष्टता अब सदाका लागि अन्त्य भएको जनाएको छ । यसबाट आगामी आवधिक निर्वाचनको निम्ति पनि मार्ग प्रसस्त भएको प्रति आयोगले खुसी व्यक्त गरेको छ । 

१०७ दिनमा निर्वाचन सम्पन्न गर्न पूर्णरूपमा सक्षम रहेको आयोगले जनाएको छ । 

निर्वाचन आयोग ऐन, २०७३ को दफा २ को खण्ड (झ) मा निर्वाचन हुने मितिभन्दा १२० दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नभएसम्मको अवधिलाई ‘निर्वाचन अवधि’ भनी परिभाषा गरेको हुँदा निर्वाचनको मिति तोक्दा ऐनको सो व्यवस्था बमोजिम निर्वाचन हुने दिनभन्दा कम्तिमा १२० दिन अगाडिदेखि निर्वाचन अवधि कायम हुनेगरी मिति तोक्न आयोगले सरकारलाई परामर्श दिएको थियो । यद्यपि निर्वाचन घोषणा भएको मितिदेखि मतदान हुने दिनसम्म १०७ दिन आयोगलाई उपलब्ध भएको छ । आवधिक निर्वाचनका लागि आयोगले आन्तरिक तयारी निरन्तर गरिरहने भएकाले प्राप्त भएको १०७ दिनमा आयोग निर्वाचन सम्पन्न गर्न पूर्णरूपमा सक्षम छ । 

मंसिर ४ गते आइतबारका लागि तोकिएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आयोगले तत्कालका लागी ९ वटा काम गर्ने जनाएको छ । 

मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाक प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन मिति २०७९ साउन २० गतेदेखि स्थगित हुने छ । साथै अनलाइन प्रविधिमार्फत मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा मिति २०७९ साउन २१ गतेसमम औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको छ । 

मतदान स्थल तथा मतदान केन्द्रहरूको पुनरावोलकन गरी अद्यावधिक गरिने छ । 

नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता प्रक्रिया तुरुन्त प्रारम्भ गरिने छ । 

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन ऐन बमोजिम निर्वाचन कार्यतालिका र कार्यक्रम स्वीकृत गरी आवश्यक कार्य गरिने छ । 

समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यालय स्थापन गरी यथाशीघ्र कार्य सुरु गरिने छ । निर्वाचनका लागि आवश्यक जनशक्तिको आकलन गरी विवरण संकलन तथा अद्यावधिक गरिने छ । 

निर्वाचनका लागि आवश्यक बजेट तर्जुमा गरी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन आर्थिक कार्यविधि व्यवस्थापन निर्देशिका तयार गरी सहमतिका लागि यथाशीघ्र अर्थमन्त्रालय पठाइनेछ । 

निर्वाचन पर्यवेक्षण निर्देशिका स्वीकृत गरी निर्वाचन पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई आह्वान गर्ने प्रक्रिया शीघ्र प्रारम्भ गरिने छ ।     
 

प्रतिकृया दिनुहोस्

Flash News

विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल शैलुन व्यवसायसँगै सुरु गरिन् मोनिकाले ‘स्किन एण्ड हेयर लेजर क्लनिक’