२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर १५,
ग्लोबल आवाज
बुटवल । प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण उप समितिका सभापति दधिराम न्यौपानेले प्राकृतिक स्रोत र साधन बचाउने नाममा विकासलाई रोक्न नमिल्ने बताएका छन् । प्राकृतिक स्रोत र साधनमा सबैको समान अधिकार हुनुपर्नेमा जोड दिँदै उनले दुरुपयोग नहुने गरी सदुपयोग गर्दै विकास गर्नुपर्ने बताए । मधेश मानवअधिकार गृह कपिलवस्तुले आईतबार बुटवलमा आयोजना गरेको प्राकृतिक स्रोत साधनको व्यवस्थापन तथा समान पहुँच विषयक अन्तरक्रियामा बोल्दै न्यौपानेले सो कुरा बताएका हुन् । संघीय संसदबाट केही नेपाल ऐनहरु बन्नुपर्नेमा अझैसम्म नबनेको हुँदा, प्रदेशले बनाएका कानून्हरु बाझीन सक्ने भएकाले अहिले सम्म पारीत गर्न नसकिएको बताउँदै उनले कानूनी अस्पष्टताको कारण विकास निर्माणका काममा समस्या सिर्जनाभएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य नेत्र पन्थीले प्राकृतिक स्रोत साधनको व्यवस्थापन र भरपुर रुपमा प्रयोग नगरी विकास असम्भव भएको बताए । मुलुकमा भएका स्रोत साधनको उचित प्रयोग र व्यवस्थापन हुन नसकेको कुरा उल्लेख गर्दै उनले प्रकृतिमा प्रतिकूल असर नपर्नेगरी विकासमा लाग्नुपर्ने बताए । फरक फरक विषयका २ वटा कार्यपत्र प्रस्तुत गरिएको कार्यक्रममा सहभागीहरुले कालिगण्डकी तिनाउ डाइभर्सनको योजना र यसले प्रकृतिमा पार्न सक्ने असर, तिनाउ नदीको दोहन तथा नदी कटान, गण्डक बाँध लगायत क्षेत्रका बारेमा छलफल तथा जिग्यासा प्रस्तुत गरेका थिए ।

विकास निर्माणका क्रममा सामुदायिक वन, राष्ट्रिय तथा धार्मिक वनहरु पर्ने क्षेत्रमा एक आपसमा कानून बाँझीएका कारण विकास निर्माणका काम गर्दा समस्या सिर्जना हुने गरेको सहभागीहले बताएका थिए । मुलुक संघीय संरचनामा गएपनि प्राकृतिक स्रोत साधनको उचित बाँडफाँड हुन नसक्दा स्थानीय निकायहरु बीच तथा उपभोक्ताहरु बीच विवादहरु सिर्जना हुने गरको कार्यक्रमका सहभागीहरुले गुनासो व्यक्त गरेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने