२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर १५,

Advertisement

ग्लोबल आवाज

सैनामैना । सैनामैनाको विकास गर्दा अव लुम्बिनीसँग जोडेर गरिने प्रदेश ५ का भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताएका छन् । सैनामैना नगर विकास समितिका पदाधिकारीहरुको पदास्थापना कार्यक्रममा बोल्दै शान्तिका अग्रदुत गौतमको काखमा रहेको सैनामैेनालाई सवैले अपनत्व बोध हुने गरि विकास गरिने जिकिर गरे ।

तिनै तहका सरकारले विकासका कामलाई तिव्रता दिएको दावि गर्दै मन्त्री चौधरीले समृद्ध नेपाल निर्माण गर्न जनप्रतिनिधीको एकल प्रयासले नहुने बताए । आफ्नो निर्देशन बमोजिम सैनामैना नगरपालिकाले चक्रपथ निर्माणको कामलाई तिव्रता दिएकोप्रति खुशी ब्यक्त गर्दै भौतिक पुर्वाधार मन्त्री चौधरीले सैनामैना खेलकुदको उर्वराभुमी भएकोहुदाँ खेलकुद मैदानका लागि प्रदेश सरकारले आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

फरक प्रसँगमाा चौधरीले वर्तमान सरकारले गरेका राम्रो कामलाई पनि नराम्रो भनि भ्रम फैलाउनेहरुको पछाडि नलाग्न सवैलाई आग्रह गरे । उनले भने– ‘सैनामैना बुद्धकालिन सभ्यतासँग जोडिएको नगरपालिका हो, यसको विकास लुम्बिनीसँग जोडेर गरिने छ ।’ सैनामैनामा ५ देखि ६ करोडको लागानिमा स्मार्ट सौचालय बनाईने, खेलमैदान, फोहोरमैला ब्यवस्थापनका लागि रकम विनियोजन गरिएको मन्त्री चौधरीले जानकारी दिए । यस्तै कार्यक्रममा प्रदेश सभाका सदस्य तथा नेकपका प्रमुख सचेतक भुमिश्वर ढकालले सैनामैनाको विकासका लागि प्रदेश सरकारले सहयोग गरिरहेको बताए ।

नमुना सैनामैना बनाउन नगरपालिकाले विभिन्न कानुन, गुरुयोजना समेत तयार गरिसकेको भन्दै अवको विकासका अनुभुती जनताले गर्न पाउने उल्लेख गरे । कार्यक्रममा प्रदेश सभा सदस्य कमलादेवि विश्वकर्माले सैनामैनाले पुर्वाधारको विकासमा मात्र नभई महिलाको क्षेत्रमा पनि महत्वपुर्ण काम गर्दै आएको बताइन् । सर्वपक्षीय निर्णय अनुसार नगरपालिकाले कार्यहरु सम्पादन गर्दै आएको नेपाली कांग्रेसका उपसभापति फणिन्द्र प्रसाद शर्माले बताए ।

कार्यक्रममा सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीको संयोजकत्वमा नवगठित नगर विकास समितिको सदस्यहरुमा खुशीराम चौधरी, मिन प्रसाद पौडेल, नारायण न्यौपाने, राम प्रसाद अधिकारी, सुनिल मरासिनी, डोलराज भण्डारी, पर्शुराम सापकोटा, रामशरण न्यौपाने, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय प्रतिनिधी, मालपोत कार्यालय बुटवलका प्रतिनिधी र सदस्य सचिब नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारी लगायतले पदभार ग्रहण गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने