ताजा अपडेट »

तिनकुनेस्थित एक कल सेन्टरमा पनि प्रहरीको छापा

सोमबार, ०९ साउन २०७९, १४ : ५१
8 Shares

काठमाडौं । काठमाडौंको तिनकुनेस्थित एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ। सोमबार तिनकुनेस्थित एक कल सेन्टरमा छापा मारेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहराले जानकारी दिए।

अहिले छापा मार्ने काम भइरहेको हुँदा सबै विवरण नआएको उनले बताए। कल सेन्टरबाट थुप्रै ल्यापटपहरू बरामद भएको उनले बताए। तर यकिन कति बरामद भएको भन्ने खुलेको छैन। यो कम्पनी चिनियाँले चलाएको प्रहरीको भनाइ छ।

आइतबार रूपन्देहीको तिलोत्तमा नगरपालिका(२ स्थित एक कल सेन्टरबाट १५० जनालाई पक्राउ गरेको थियो। उनीहरूले कार्यालय सञ्चालन गरेर सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेको आरोप छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।