२४ जेष्ठ २०८०, बुधबार

Jun 7, 2023

मंसिर १५,

Advertisement

ग्लोबल आवाज

बुटवल । नेपाल मगर महिला संघ जिल्ला समिति, रुपन्देहीको सातौं जिल्ला अधिवेशन १३ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । रुपन्देहीको सैनामैना स्थित थारु होमस्टेमा सम्पन्न अधिवशेनबाट अध्यक्षमा पुनः चन्दा थापामगर निर्वाचित गरेको छ । अध्यक्ष र कोषाध्यक्ष पदका लागि आकांक्षीहरु धेरै भएकाले सहमतीको प्रयास हुन नसकेपछि शनिबार राती ढिलोगरी सुरु भएको मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको थियो ।

कुल खसेको २७ मतमध्ये नवनिर्वाचित अध्यक्ष थापाले २५ मत प्राप्त गर्दा अध्यक्ष पदकाा अर्का उम्मेद्वार कुमारी पुनले एक मत प्राप्त गरेकी थिइन् भने एक मत बदर भएको निर्वाचन समितिका अध्यक्ष गीता सारुले जानकारी बताइन् । अधिवेशनबाट उपाध्यक्षमा निर्मला थापामगर, सचिवमा सरिता थापामगर र सह–सचिवमा खिमा थापामगर निर्वाचित भएका छन् । कोषाध्यक्ष पद्का लागि पनि दुई जनाको उम्मेद्वारी परेपछि मतदानबाट नेतृत्व चयन गरिएको थियो । कोषाध्यक्षमा नन्दा बुढामगर २६ मत ल्याएर विजयी भएकी हुन् । त्यसैगरी सदस्यहरुमा विष्णु थापामगर (सैनामैना), कुस्मा पुनमगर (सिद्धार्थनगर), सरस्वती हिस्की मगर (ओमसतिया), यानु पुनमगर (तिलोत्तमा), भविसरा रानामगर (बुटवल), संगिता वलाल मगर (कञ्चन), चोलीमाया झेंडिमगर (देवदह) र दीलमाया सिंजाली मगर निर्वाचित भएका छन् ।

संघका जिल्ला अध्यक्ष चन्दा थापाको अध्यक्षतामा सम्पन्न अधिवशेनमा नेपाल मगर महिला संघका केन्द्रिय अध्यक्ष विनिता आलेमगर, बरिष्ठ उपाध्यक्ष ममता बुढाथोकीमगर, उपाध्यक्षहरु रानामगर, नेपाल मगर संघका प्रदेश ५ उपाध्यक्ष धनी आलेमगर र सदस्य संञ्जीव थापा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, रुपन्देही अध्यक्ष शंकर गाहामगर, नेपाल मगर संघ सैनामैना नगर अध्यक्ष सुर्यविक्रम रानामगर लगायतले बोल्दै निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रम कुमारी पुनको स्वागत तथा सचिव केशरी गाहाको सञ्चालनमा सम्पन्न भएको थियो । अधिवेशनमा रुपन्देहीका बुटवल, तिलोत्तमा, सैनामैना लगायत ७ स्थानीय तहका मगर महिलाहरु सहभागी रहेका थिए ।

निर्वाचित पश्चात अध्यक्ष चन्दा थापाको अध्यक्षतामा बसेको कार्यसमितिको पहिलो बैठकले हालै रुपन्देहीमा एक १६ वर्षीय किशोरीमाथी भएको बलात्कार घटनाको दोषीलाई पक्राउ गरि कडा कारबाही गर्नु पर्ने माग गरेको छ । अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको अवस्थामा पीडकलाई तुरुन्त पक्राउ गरी हदैसम्मको कारबाहीको माग गरिएको छ । १६ दिने महिला हिंसा अभियान चलिरहेको सन्दर्भ जोड्दै पीडित किशोरीको पक्षमा न्यायका लागि नेपाल मगर महिला संघ रुपन्देहीले आफ्नो तर्फबाट पैरवी गर्ने निर्णय समेत गरेको छ । दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिइए आन्दोलन तथा दवावका कार्यक्रम समेत सिर्जना गरिने बैठकले निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने