२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

मंसिर १५,

Advertisement

काठमाडौँ । चालू आर्थिक वर्षको चौथो महिनामा पनिनेपालको निर्यात व्यापार सुधारकै गतिमा अघि बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा निर्यात २३.९ प्रतिशतले बढेको छ । पहिलो चार महिनामा ३६ अर्ब २७ करोड ९० लाख रुपैयाँ बराबरको सामग्री निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

गत वर्षको सोही अवधिमा २९ अर्ब २८ करोड १७ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो । सोही अवधिमा आयातमा भने २४ प्रतिशतले कमी आएको हो । आयातमा कमी आएसँगै व्यापार घाटा स्वतः कम भएको छ । निर्यातमा वृद्धि र आयातमा कमी आएसँगै वैदेशिक व्यापार घाटामा सुधार हुन थालेको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको विभिन्न सामान आयात भएको छ । गत वर्षको सोही अवधिमा ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ बराबरको सामान आयात भएको थियो । चार महिनामा नेपालको व्यापारघाटा ४ खर्ब १४ अर्ब रहेको छ ।यस अवधिमा नेपालले भारतबाट सबैभन्दा धेरै २ खर्ब ७२ अर्ब ५७ करोड रुपैयाँ बराबरको सामान आयात गरेको तथ्यांक छ ।

यस्तै, यो अवधिमा नेपालले २४ अर्ब २६ करोड रुपैयाँ बराबरको सामान भारततर्फ निर्यात गरेको छ । यो आर्थिक वर्षको पहिलो चौमासिकमा भारतसँग २ खर्ब ४८ अर्ब ३० करोड व्यापार घाटा रहेको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ४ महिनामा कुल ४ खर्ब ८६ अर्ब ५७ करोडको व्यापार भयो । जसमध्ये निर्यात व्यापार २३.९० प्रतिशत बढेको छ । आयात व्यापार ६.९२ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको ४ महिनामा २९ अर्ब २८ करोड रुपैयाँको निर्यात भएकोमा अहिले ३६ अर्ब रुपैयाँ नाघेको छ । आयात ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँबाट झरेर ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँमा पुगेको छ । निर्यातमा पाम आयलको हिस्सा बढी छ ।
व्यापार विज्ञ पुरुषोतम ओझा निर्यात बढ्दै जानु र आयात कम हुनले वैदेशिक व्यापारमा सुधार आएको बताउँछन् ।

निर्यात वृद्धि भई आयातमा कमी आएकाले व्यापार घाटा कम भएको उनको भनाई छ । आयातित वस्तुमध्ये पहिलो नम्बरमा पेट्रोलियम पदार्थ छ । सो अवधिमा ५० अर्ब ५१ करोड रुपैयाँको इन्धन आयात भएको छ । तयारी कपडा पनि उल्लेख्य रूपमा आयात भएको छ । गत वर्ष १० अर्ब ९० करोड रुपैयाँको आयात भएको तयारी कपडा ४ महिनाको अवधिमा १४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । यस्तै निर्यातमा पहिलो स्थानमा प्रशोधित पाप तेल ८ अर्ब ३६ करोडको निर्यात भएको छ । यस्तै धागो २ अर्ब ७९ करोड निर्यात भएको छ । तेस्रोमा क्रमश: उनी गलैंचारकार्पेट २ अर्ब ६२ करोड रुपैयाँ, तयारी कपडा २ अर्ब १६ करोड, भटमासको तेल प्रशोधित २ अर्ब २ करोड रुपैयाँको निर्यात भएको छ । ४ महिनाको अवधिमा १ अर्ब ५४ करोड रुपैयाँको अलैंची, १ अर्ब ३० करोड रुपैयाँको फलफूलको जुस निर्यात भएको उल्लेख छ ।

त्यस्तै सो अवधिमा चीनबाट ८० अर्ब १८ करोड ५८ लाख रुपैयाँ बराबरको सामान आयात गरेको छ । यस अवधिमा नेपालले जम्मा ७१ करोड रुपैयाँ बराबरको सामान चीनतर्फ निर्यात गरेको छ । पछिल्लो समय स्वदेशी वस्तुको निर्यात बढ्दै गएको र आयातमा कमी भएकाले व्यापार घाटामा कमी भएको तथ्यांले देखाएको छ । – लक्ष्मी सापकोटा / कारोबार

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता