ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमास्थित कल सेन्टरमा प्रहरीको छापा

आइतबार, ०८ साउन २०७९, १४ : ०४
12 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ । सो कल सेन्टरमा अवैध काम हुने गरेको सूचनाका आधारमा छापा मारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले बताए ।

तिलाेत्तमा नगरपालिकाकाे वडा नं २ जानकीनगरमा ४ तल्लाकाे घरमा ३ वटा फ्ल्याट भाडामा लिई ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

चिनिया र भारतीय नागरिक समेतको लगानीमा खाेलीएकाे उक्त ठगी कार्यालयबाट सर्वसाधारणको माेबाईलमा ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्याे भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाईएकाे ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले बताए । सो कल सेन्टरमा १५० जना काम गर्ने युवा युवती रहेको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।