ताजा अपडेट »

भक्तपुरको प्रदेश १ (ख) मा नेपाली कांग्रेस बिजयी

आइतबार, १५ मंसिर २०७६, ११ : २८
8 Shares

मंसिर १५,

ग्लोबल आवाज

काठमाडौँ । भक्तपुरको प्रदेश १ (ख) मा नेपाली कांग्रेस बिजयी भएको छ । २०७४ सालको निर्वाचनमा यो क्षेत्र सत्तारूढ नेकपाले जितेको थियो । कांग्रेस उम्मेदवार कृष्ण भँडेलले १३ हजार ४ सय ४९ मत प्राप्त गरी विजयी भएका हुन् उनका निकटम प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकालले ११ हजार २ सय ६ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका नेपाल मजदुर किसानका पार्टी उम्मेवार निरज लवजूले ५ हजार २९ मत प्राप्त गरेका छन् । अन्तिम नतिजाको औपचारिक घोषणा हुन बाँकी छ । भक्तपुरमा कांग्रेस(राप्रपा (संयुक्त) मिलेर चुनाव लडेका थिए । २०७४ मा भएको प्रदेश सभा चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने १२ हजार ७ सय८९ मत ल्याएर विजयी भएका थिए भन्ने उनका निकटम प्रतिष्पर्धी कांग्रेसका जीवन खत्रीले ९हजार ९ सय ७७ मत प्राप्त गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।