२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर १३,

Advertisement

ग्लोबल आवाज

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई राष्ट्रियस्तरबाटै प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्न १५ हजार विद्यार्थीहरुलाई सहभागी गराएर सामूहिक कक्षा सञ्चालन गरिने भएको छ । वातावरणसम्बन्धी आम मानिसमा चेतना फैलाउन आगामी माघ १० गते करिव दुई घण्टासम्म चल्ने सामूहिक कक्षामा स्कुल तथा कलेजका विद्यार्थीहरुलाई विश्वको बढ्दो चिन्तन जलवायू परिवर्तन सम्बन्धी प्रशिक्षण दिइने छ । कार्यक्रममा पाँचहजार बुद्धिजीवीहरुलाई समेत सहभागी गराइने छ ।

शुक्रबार मणिग्राममा आयोजित पत्रकार सम्मेलनमा वातावरणविद एवं अभियान्ता निमेश ढाकाले दिएको जानकारी अनुसार कृषिभूमि, खोला, नदी, बाटो, गल्ली, वनजंगल, खोल्सा, पोखरी, नाला लगायत सम्पूर्ण प्लाष्टिकजन्य पदार्थलाई संकलन गर्ने उद्देश्यले यो अभियान चलाइएको हो ।
रुपन्देही जिल्लाका हरेक स्कुलका विद्यार्थीहरु सहभागी हुने यो कार्यक्रममा उपस्थित विद्यार्थीले एक झोला प्लाष्टिकजन्य फोहर लिएर मात्र प्रवेश गर्नुपर्नेे छ ।

सीम नेपालको संयोजनमा करिव दुईसय स्वयंसेवकको रोहवरमा तिलोत्तमाका हरेक समुदायका अभिभावक, विद्यार्थीहरुले प्लाष्टिकजन्य फोहर संकलन सुरु गरेका छन् । त्यस्तै तिलोत्तमाका हरेक वडाका ८५ सामुदायिक तथा निजी विद्यालयमा ग्रिनरी नेपालले गरिरहेको कार्यक्रमलाई पनि निरन्तरता दिइने छ । हरेक वडाका टोलविकास समितिहरुसँग समन्वय गरी प्रत्येक बिहान सरसफाई कार्यक्रम गरिने वातावरणविद ढाकाले बताए ।

उनका अनुसार यो कार्यक्रमले गिनिज वल्र्ड रेकर्डमा दर्ता भएर विश्वकिर्तीमान कायम रहने छ । यही कार्यक्रमबाट माघ १० गते तिलोत्तमा नगरपालिकालाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिने छ । वातावरणविद ढाकाको निर्देशनमा सम्पन्न हुने यो कार्यक्रम व्यवस्थित, मर्यादित र राष्ट्रिय गौरवको बन्ने तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए । तिलोत्तमा नगरपालिका यसअघि नै प्लाष्टिकमुक्त नगर घोषणा भएपनि राष्ट्रियस्तरमै गरिने घोषणाबाट देशव्यापी सन्देश जाने विश्वास लिएको उनले बताए ।

उक्त कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरी, प्रदेश पाँचका नगरपालिका तथा गाउँपालिकाका प्रमुख र उपप्रमुख, सांसद, बुद्धिजीवी लगायत सहभागी हुनेछन् ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने