२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

मंसिर १३,

Advertisement

ग्लोबल आवाज

बुटवल । दैनिक पत्र तथा जनसंघर्ष राष्ट्रिय दैनिकले प्रधान कार्यालय बुटवलमा क्यान महासंघका नवनिर्वाचित केन्द्रीय अध्यक्ष नवराज कुँवरलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी बधाई तथा सम्मान गरेको छ ।

रुपन्देहीबाट प्रतिनिधित्व गर्दै क्यान महासंघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका बुटवल टुडे राष्टिय दैनिकका प्रबन्ध सञ्चालक तथा प्रबन्ध सम्पादक एवम् दैनिक पत्रका पूर्व प्रबन्ध सञ्चालक नवराज कुँवरलाई बधाई तथा सम्मान गरिएको हो । दैनिक पत्र तथा जनसंघर्षका कार्यकारी प्रमुख तथा प्रधान सम्पादक बालकृष्ण चापागाईंले नवनिर्वाचित अध्यक्ष कुँवरलाई अविरको टीका लगाई फूलमालाले स्वागत गर्दै कार्यक्रमको प्रारम्भमा बधाई तथा सम्मान गर्दै कार्यकाल निकै सफल र सिर्जनशील हुनेमा आफु विश्वस्त रहेको बताए । त्यसैगरी मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा जनसंघर्ष राष्ट्रिय दैनिकका नागरिक सल्लाहकार गोविन्द खनालले बधाई तथा शुभकामना व्यक्त गर्दै कँुवरको आगमनले सूचना प्रविधिमा थप फड्को मार्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा दैनिक पत्रका सल्लाहकार अनुपमान सैंजुले बधाई तथा शुभकामना व्यक्त गर्दै केन्द्रबाट मात्र केन्द्रीय अध्यक्ष नभई पछिल्लो समय रुपन्देहीबाट अध्यक्ष बन्नेहरुको लहर चलेकोमा खुसी व्यक्त गरे । क्यान महासंघका नवनिर्वाचित केन्द्रीय अध्यक्ष नवराज कँुवरले आफुलाई जिताउन रुपन्देहीबाट ठूलो सहयोग प्राप्त भएकोमा धन्यवाद तथा आभार व्यक्त गर्दै उनले उपत्यका बाहिरको मिडिया क्षेत्रलाई अगाडि बढाउन सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने भएकाले आफ्नो कार्यकालमा यस क्षेत्रलाई अगाडि बढाउन यथासम्भव भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै आई एस.ओ.नेपाल सर्टिफिकेशनका कन्ट्री म्यानेजर तथा क्यान महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य धु्रवराज शर्मा (सुदीप)ले दैनिक पत्र तथा जनसंघर्षले गरेको सम्मानको ंप्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । कार्यक्रममा दैनिक पत्र तथा जनसंघर्ष राष्टिय दैनिकका व्यवस्थापक मञ्जु पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बुटवल टुडेका सम्पादक कृष्ण मल्ल, दैनिक पत्र तथा जनसंघर्ष दैनिकका लेखा प्रमुख उषा पौडेल, बजार अधिकृत कृष्ण रणपाल, संवाददाता प्रदीप आचार्यलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन दैनिक पत्र तथा जनसंघर्षका प्रबन्ध सल्लाहकार टिकाराम शर्मा पौडेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता