२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

मंसिर १३,

Advertisement

वासिङ्टन । यूरोपियन यूनियनका लागि अमेरिकी राजदूत गोर्डोन सन्डल्याण्डमाथि तीन महिलाले यौन दुराचारको आरोप लगाएका छन् । राजदूतका लागि राष्ट्रपति डोनल्ड ट्रम्पले सिफारिस गरेका गोर्डोनमाथि महाभियोग सुनुवाइको क्रममा यसबारे प्रश्न उठेको छ ।

गोर्डोनले भने यस्तो आरोप अस्वीकार गरेका छन् । ती महिलाले आफ्नो बदनाम गराउन यस्तो आरोप लगाएको उनको जिकिर छ । द पोर्टल्याण्ड मन्थ्लीले यस अघि नै ती महिलाको नाम र आरोपबारे सामाग्री प्रकाशन गरेको थियो । जहाँ धनाढ्य सन्डल्याण्डको यौन प्रस्ताव महिलाले अस्वीकार गरेपछि उनीहरुसँग व्यवसायीक रुपमा बदला लिएको बताइएको छ । समाचार अनुसार जाना सोलिस नाम गरेकी एक महिलाले सन्डल्याण्डसँग उनको होटलमा कामको लागि २००८ मा भेटेकी थिइन् ।

सन्डल्याण्डले आफूलाई लन्च सहित भेट गरेको र होटलमा नयाँ रखैलको रुपमा जागिरको प्रस्ताव गरेको जानाको भनाइ छ । सन्डल्याण्डले आफ्नो पछाडि हत्केलाले हिर्काउँदै यस्तो शर्त र प्रस्ताव गरेको जानाको आरोप छ । साथै सन्डल्याण्डले आफूलाई पोर्टल्याण्डस्थित निजी निवासमा आर्ट कलेक्सन हेर्न निम्ता दिएको जानाको भनाइ छ । र त्यहाँ उनले पूर्वराष्ट्रपति जर्ज डब्लु बुससँगको तस्बिर देखाउँदै पूल हाउसमा आफूलाई एक्पोज गरेको उनले बताएकी छिन् । यससँगै सन्डल्याण्डले उनलाई बलपूर्वक किस गरेको पनि आरोप छ ।

यस्तै अर्की महिला निकोल भोगेलले पनि सन्डल्याण्डलाई यौन दुराचारको आरोप लगाएकी छिन् । उनले सन्डल्याण्डलाई २००३ को एक साँझ डिनर सहित भेटेकी थिइन् । जहाँ नयाँ म्यागजिनका लागि लगानी खोज्ने क्रममा निकोलले सन्डल्याण्डलाई भेटेको बताएकी छिन् । सन्डल्याण्डले मलाई आफूले किनेको होटलमा लगे । र उनको कोठा हेर्न बोलाए, जहाँ उनले मलाई अंकमाल गर्न आग्रह गरे । पछि मेरो अनुहार समातेर मलाई किस गर्न लागे, निकोलले भनेकी छिन् ।

निकोलले भने आफूले इन्कार गर्दै त्यस ठाउँ छोडेको बताएकी छिन् । निकोलले आफ्नो इमेल दिए पनि सन्डल्याण्डले आफ्नो प्रोजेक्टमा लगानी गर्न अस्वीकार गरेको बताएकी छिन् । सन्डल्याण्डले एक विज्ञप्ति जारी गर्दै ती सबै आरोप अस्वीकार गरेका छन् । भोगेलले पोर्टल्याण्ड मन्थ्ली प्रकाशन गर्दै आएकी छन् । जहाँ उनले आर्टिकल लेखेकी छिन् । – एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता