२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023


मंसिर १३,
काठमाण्डौं । सरकारले १३ औँ दक्षिण एशियाली क्षेत्रीय खेलकूद प्रतियोगिता (साग) लाई ऐतिहासिक, भव्य र सभ्य बनाउन कुनै कसर बाँकी नराख्ने अठोट व्यक्त गरेको छ । काठमाडौं, पोखरा र जनकपुरमा मङ्सिर १५ देखि २४ गतेसम्म हुने उक्त प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार दशरथ रङ्गशालामा एक विशेष समारोहबीच उद्घाटन गर्नुहुनेछ ।

Advertisement

नेपालको इज्जत, प्रतिष्ठा र खेलक्षेत्रको गौरवमाथि उठाउने हिसाबले प्रतियोगितालाई ऐतिहासिक, भव्य र सभ्य तुल्याउन कुनै कसर बाँकी नराख्ने युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिनुभयो । करीब सवा तीन घण्टाको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने छ । उद्घाटन समारोहमा १५ हजार भन्दा बढी दर्शकको सहभागिता रहनेछ ।

प्रतियोगितामा भाग लिन भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भूटान, श्रीलङ्काका करीब पाँच हजार सङ्ख्यामा खेलाडी, प्रशिक्षक र अफिसियल कर्मचारी आउने क्रम शुरु भइसकेको छ । उनीहरुको बसोवासका लागि राजधानीमा मात्रै सय को सङ्ख्यामा होटल बुकिङ भइसकेको तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले जानकारी दिनुभयो ।

सागलाई सफल तुल्याउन करीब २० हजार सुरक्षाकर्मी खट्नेछन् भने ५०० स्वयंसेवकलाई प्रशिक्षण दिइसकेको राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ । सन् १९८४ मा स्थापना भएको सागको १३ औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यस अघि दुई वटा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ । मन्त्री विश्वकर्माले भन्नुभयो, “साग खेलकूद प्रतियोगिता हाम्रा लागि आफैंमा महत्वपूर्ण उत्साहको पर्व हो, प्रतियोगितालाई भव्यरुपमा सफल तुल्याउन सबैको साथ सहयोगका लागि अपिल गर्दछौ ।”

प्रतियोगिता भव्यरुपमा आयोजना गर्न दशरथ रङ्गशलाको पुनः निर्माण काम पूरा भएको छ । पोखराको रङ्गशालाको काम पनि अन्तिमरुपमा पुगेको छ । प्रतियोगितामा समावेश २६ खेलमध्ये महिला फुटवल, ब्याड्मिन्टन, आर्चरी, भारत्तोलन, बिच भलिबल, ट्रायथलन, हैण्डबल पोखरामा हुने छ । ऐतिहासिक नगरी जनकपुरमा भने कुस्ती हुने छ । नेपालले प्रतियोगितामा भाग लिने १९ विधाका खेलाडीलाई विदेशमा प्रशिक्षणमा पठाएको थियो भने सात खेल विधाका प्रशिक्षकलाई नेपालमा बोलाएर खेलाडीलाई प्रशिक्षित तुल्याइएको परिषद्का सदस्य सचिव रमेश सिलवालले बताउनुभयो ।

देशभर साग सम्बन्धी प्रतियोगिताको प्रचारप्रसार र खेलकूदको माहोल बनाउने क्रममा मुलुकका सातै प्रदेशमा यसअघि नै १३आँै सागको ओलम्पिक टर्च पु¥याइसकिएको छ । कीर्तिमानी खेलाडी बैकुण्ठ मानन्धर, दीपक विष्ट, राजेन्द्र भण्डारी, सीता राई, सङ्गीना वैद्य, नयना शाक्य, जीतबहादुर केसी, सविता राजभण्डारी, विधान लामालगायतका खेलाडीले खेलकूदको माध्यमबाट नेपाल र नेपालीको प्रतिष्ठा र गौरव बढाउन महत्वपूर्ण योगदान दिनुभएको छ ।

प्रतियोगिता अन्तर्गत भलिबल प्रतियोगिता भने बुधबारबाट शुरुआत भइसकेको छ । यस प्रतियोगितामा सातै देशका खेलाडीले भाग लिएको एउटै विधा भनेको ब्याड्मिन्टन हो । सरकारले प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने खेलाडीलाई प्रदान गर्दै आएको पुरस्कार राशिमा उल्लेख्य वृद्धि गर्ने यसअघि नै घोषणा गरिसकेको छ । १३आँै सागका लागि ३१७ स्वर्ण पदक, सोही सङ्ख्यामा रजत सोही सङ्ख्यामा रजत र ४८१ वटा कास्य पदक कायम गरिएको छ । प्रतियोगिता अन्तर्गत सबैभन्दा बढी प्रतिस्पर्धा पौडी विधामा ३८ वटा स्वर्ण पदक प्रदान गरिने छ ।

प्रतियोगितामा ५९४ खेलाडीसहित ७८० जनाको नेपाली टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट हुने छ । दक्षिण एशियाली मुलुकसहित विश्वका १५ भन्दाबढी मुलुकबाट प्रत्यक्ष प्रसारण हेर्न सकिने व्यवस्था मिलाइएको बताइएको छ ।

सरकारले सन् २०२० का लागि घोषणा गरेको नेपाल भ्रमण वर्षको रणनीतिक तयारी योजनासँग जोडेर यो पटकको सागको तयारी गरेको छ । दक्षिण एशियाली मुलुकबाट प्रतियोगितामा भाग लिन आउने खेलाडी, प्रशिक्षक, दर्शक, अफिसियल लगायतका पाहुनाको स्वागत गर्ने क्रममा नेपालको रहनसहन, वेषभूषासहित साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । काठमाडौँ, पोखरा र जनकपुर पुग्ने पाहुनालाई सो स्थानका सांस्कृतिक सम्पदा, रहनसहन, वेषभूषा, भाषा र संस्कृतिबारेमा जानकारी दिने व्यवस्था मिलाइएको छ । यस्तो कार्यक्रमले भ्रमण वर्ष २०२० वर्षलाई सफल तुल्याउन महत्वपूर्ण आधार तयार गर्ने मन्त्री विश्वकर्मा बताउनुहुन्छ ।-रासस

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता