Jun 3, 2023
मंसिर १३,
काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराती ८ किलो अवैध सुनसहित प्रहरीले दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। हङकङबाट नेपाल एयरलाइन्सको आरए ४१० विमानमार्फत् नेपाल आएका दुई चिनियाँ नागरिकलाई विमानस्थल भन्सारमा चेकजाँचको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जना चिनियाँ नागरिक हुन् । गएराति ११ बजे चेकजाँचका क्रममा दुई जनाबाट ४, ४ किलो सुन बरामद गरिएको हो। यस सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्