ताजा अपडेट »

गुल्मीमा २६ किलो चरेससहित एक जना प्रक्राउ

विहीबार, १२ मंसिर २०७६, १३ : ४६
6 Shares


मंसिर १२,

ग्लोबल आवाज

गुल्मी । गुल्मी चरेस सहित १ जना पक्राउ परेका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर–१ अग्लुङ फेदीमा ३३ वर्षिय बालाराम पुन २६ किलो चरेस प्रक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए ।

प्युठान जिल्ला गौमुखी गाउँपालिका–३ रजवारा घर भएका पुनलाई प्रदेश नम्बर ५ प्रहरी कार्यालय तुल्सीपुरबाट खटेको टोलीले चरेस सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्युठानबाट गुल्मी तर्फ ल्याउने क्रममा विशेष सुराकीका आधारमा बाटोमै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पक्राउ परेका पुनलाई लागु औषध ओसार पसारसम्बन्धी मद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।