२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर १२,

काठमाडौँ । एनसेलले देशको विभिन्न ६ वटा शहरहरुमा एनसेल मेला गर्ने भएको छ। मेला इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, धनगढी र बुटवलमा आयोजना गर्ने कम्पनीले जनाएको छ। एनसेलले यो मेला आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ को अनुरुप आयोजना गर्न लागेको हो। भ्रमण वर्षलाई सघाउन मेला गर्न लागेको कम्पनीले जनाएको छ। चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुती, किड्स जोन, गेम स्टलहरु र फुड स्टलहरुसँगै विविध मनोरञ्जनात्मक कार्यक्रमसहितको मेला इटहरीबाट सुरु हुनेछ। मंसिर २८ गते इटहरीको जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा मेला हुनेछ भने मंसिर ३० गते बिर्तामोडस्थित सुगम पेट्रोल पम्पको मैदान,   पुस ३ गते जनकपुरको बाह्र विघा मैदान र  पुस ५ गते वीरगंजको आदर्शनगर रंगशालामा आयोजना गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार पुस ९ गते धनगढीको सुदुर पश्चिमाञ्चल एसपी चौकी मैदानमा आयोजना हुनेछ भने पुस १२ बुटवलको सिद्घेश्वरी स्कुल मैदान दीपनगरमा आयोजना पछि समापन हुने कम्पनीले जनाएको छ। यी ६ वटै शहरहरुमा मेला १० बजे शुरु भई कम्सर्ट सहित साँझ ७ बजे सम्म चल्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार गीत–संगीत, किड्स जोन, डिजिटल जोन देखि विभिन्न फिजीकल एक्टिभिटी बुथहरु, स्थानीय पर्यटन गन्तव्यहरुको प्रवर्धन गर्नेछ। मेलामा एनसेलका विभिन्न सेवा तथा सुविधाहरुमा आर्कषक अफर र उपहारहरु राखिएको विज्ञप्तिमा उल्लेख छ। मेलामा प्रवेश निःशुल्क हुनेछ र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिन पाउने कम्पनीले जनाएको छ। मेलामा गायकहरु दीपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाउरे), कालिप्रसाद बाँस्कोटा, मेलिना  राई, टीका प्रसाईँ, कलाकार प्रियंका कार्कीले आफ्नो प्रस्तुती दिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार वीरगंज र जनकपुरमा भोजपुरी गायक सुनिल पण्डितको पनि प्रस्तुती रहनेछ भने उद्घोषण कलाकार रेमन दास श्रेष्ठ र साहना बज्राचार्यले गर्नेछन् ।- बिजमाण्डू     

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने