ताजा अपडेट »

गुल्मीमा अबैध हतियार सहित १ जना पक्राउ

बुधबार, ११ मंसिर २०७६, १६ : ३०
12 Shares

मंसिर ११,

ग्लोबल आवाज

गुल्मी । गुल्मीमा भरुवा बन्दुक सहित १ जना पक्राउ गरेका छन् । जिल्लाको मालिका गाउँपालिका वडानम्बर–४ बस्ने ३७ वर्षिय भक्तबहादुर रानालाई १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

अबैध रुपमा राखिएको हतियार सहित रानालाई प्रहरीले अर्खाबाङबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । प्रहरीले रानालाई अबैध हातहतियार तथा खरखजना मुदा चलाउने तयारी गरेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।