ताजा अपडेट »

टिकटक बनाउने क्रममा मोटरसाइकलले ठक्कर दिँदा एक बालिका घाइते

शुक्रबार, १७ असार २०७९, १७ : ३२
8 Shares

दाङ । दाङको तुलसीपुर ८ गहते स्थित पुलमा टिकटक बनाउने क्रममा मोटरसाइकलले ठक्कर दिदा एक बालिका घाइते भएकी छिन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार शुक्रबार दिउसो १ बजेतिर दुधेना स्थित साथीको घरबाट आफ्नो घर अस्वारा तर्फ जाँदै गर्दा पुलमा टिकटक बनाउने क्रममा मोटरसाईकलले ठक्कर दिएको हो ।

मोटरसाईकलको ठक्करबाट तुलसीपुर ८ अस्वारा निवासी १७ बर्षीया पुष्पा खड्का गम्भीर घाइते भएकी छिन् । रा ५ प ८७४८ नम्बरको मोटरसाईकलले ठक्कर दिदा घाईते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारकालागि कोहलपु रेफर गरिएको छ । उनको टाउकोसहित शरिरका अन्य भागमा पनि चोट लागेको छ । ठक्कर दिएपश्चात फरार रहेका मोटरसाईकल चालकलाई अस्थायी प्रहरी पोष्ट बेलुवाको टोलीले फेला पारेर अनुसन्धानकालागि इलाका प्रहरी कार्यालय तुलसीपुरमा पठाएको छ ।

ठक्कर दिए लगतै बबई गाउँपालिका-६ निवासी १९ बर्षीय चालक गोकर्ण बुढाथोकी फरार थिए । पश्चिमबाट तुलसीपुर तर्फ आउँदै गर्दा उक्त दुर्घटना भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।