२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

मंसिर ११,

Advertisement

काठमाडौँ । नेपाली नागरिकको मिलोमतोमा चिनियाँ नागरिकले एटीएम प्रणाली ह्याक गरेर ठूलो मात्रमा रकम निकालेपछि फैलिएको त्रास अझै कामय छ । उक्त घटना भएलगतै बैंकहरुले एटीएम मेसिनबाट रकम झिक्ने रकममा समेत कमी गरेका थिए । दिनमा एक लाखसम्म झिक्न सकिने व्यवस्थालाई परिवर्तन गरी दैनिक ६० हजार मात्र झिक्न पाउने व्यवस्था गरेका थिए । अहिले पनि सर्वसाधारणले एकपटकमा २० हजारभन्दा बढी र दिनमा ६० हजारभन्दा बढी एटीएमबाट रकम झिक्न पाउँदैनन् । 

बैंकहरुले ह्याकरको त्रास कायम रहेको भन्दै एटीएम मेसिनबाट दैनिक ६०  हजारभन्दा बढी रकम झिक्न मिल्ने व्यवस्था गर्न नसकिएको बताउँछन् । केही बैंकले एटीएमबाट पहिलेजस्तै दैनिक १ लाखसम्म झिक्न पाउने प्रस्ताव राष्ट बैंकमा गरे पनि राष्ट बैंकले त्यस्तो प्रस्ताव ठाडै अस्वीकार गर्दै आएको बैंकरहरु बताउँछन् ।  यता, ह्याकरको डरले बैंकहरुले एटीएम मेसिनमा सुरक्षाकर्र्मीको निगरानी बढाएका छन् । बैंकरहरुले पछिल्लो समय एटीएम मेसिनमा थप सुरक्षाकर्मीको व्यवस्था गरेका छन् । एटीएम ह्याकपछि बैंकहरुको नियमन गर्ने निकाय राष्ट बैंकले एटीएम मेसिन रहेको स्थानमा सुरक्षाकर्मी अनिवार्य रुपमा राख्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि सुरक्षाकर्मीको निगरानी बढाउन बैंक बाध्य भएका हुन् । एटीएम मेसिनमा सुरक्षाकर्मी बढाएसँगै बैंकको खर्च पनि उल्लेखनीय रुपमा बढ्न पुगेको बैंकरहरु बताउँछन् । एटीएम ह्याक भएसँगै उक्त घटनाको अध्ययन गर्न राष्ट्र बैंकले भुक्तानी प्रणाली विभाग प्रमुख बमबहादुर मिश्रको संयोजकत्वका एक समिति गठन गरेको थियो  ।

समितिले तीन दिन लगाएर प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा सुरक्षा व्यवस्थाको कमी भएको उल्लेख छ । त्यसै प्रतिवेदनलाई आधार मानेर केन्द्रीय बैंकले बैंकहरुलाई एटीएम बुथमा सुरक्षाकर्मी बढाउन निर्देशन दिएको थियो । उक्त समितिले दिएको प्रतिवेदनलाई आधार मानेर एटीएमबाट पैसा निकाल्ने सीमा घटाइएको हो ।  पहिले दिनमा १ लाखसम्म एटीएमबाट निकाल्न सकिने व्यवस्था थियो भने अहिले ६० हजार रुपैयाँ मात्र निकाल्न सकिने व्यवस्था गरिएको बैंकर बताउँछन् । एकैपटक ठूलो रकम निकाल्न पाउने सुविधाले जोखिम बढेको भन्दै राष्ट बैंकले एटीएमबाट बढी रकम निकाल्न अंकुश लगाएको थियो । करिब साढे दुई महिना अघि नेपालीको मिलेमतोमा चिनियाँ नागरिकले एटीएम ह्याक गरेर विभिन्न १३ वटा बैंकको एटीएमबाट करिब ३ करोड ५८ लाख रुपैयाँ चोरी गरेका थिए । उक्त एटीएम ह्याकमा संलग्न चिनियाँ नागरिकलाई पक्राउ गरेर जेल चलान गरिए पनि त्यस्तै कार्यमा संलग्न अन्य व्यक्तिबाट हुन सक्ने चोरीबाट बच्न विशेष सुरक्षा अपनाइएको राष्ट बैंकका एक उच्च कर्मचारीले बताए ।

चिनियाँ ह्याकरले विभिन्न ९ वटा बैंकको एटीएम कार्डमार्फत १३ वटा बैंकको एटीएम मेसिनमार्फत रकम चोरी गरेका थिए । उनीहरुले नेपाल र भारतका एटीएमबाट चोरी गरेका थिए । नेपालबाट १ करोड ८९ लाख र भारतबाट १ करोड ६९ लाख रुपैयाँ चोरी भएको थियो । नेपालबाट चोरी भएकोमध्ये करिब सबैजसो रकम प्रहरीले जफत गरिसकेको छ । एटीएम प्रणाली ह्याक सम्बन्धमा सिंगापुरको फरेन्सिक भनिने टोलीले पनि अध्ययन गरिरहेको छ । उक्त टोलीले प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ ।  उक्त टोलीले एटीएमबाट पैसा चोरीका घटनामा कहाँ, कस्तो र कुन स्तरको कमी कमजोरी भएको छ पत्ता लगाएर अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै छ ।- आर्थिकन्युज

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता