२७ श्रावण २०७९, शुक्रबार

Aug 12, 2022

जुम्ला । जुम्लामा जिल्ला स्तरीय कृषि  मेला प्रदर्शनी भएको छ । जुम्लाका कृषकले उत्पादन गरेको बिभिन्न कृषि जन्य उत्पादनहरु प्रदर्शनीमा राखेको हो ।

Advertisement

उत्कृष्ठ कृषक समूह, सहकारी, कृषकहरुलाइ नगद प्रमाणपत्र प्रदान गरिएको छ ।  तिलागाउँपालिका १ की मेनका बुढा कृषि विकास कार्यालय जुम्लाले आयोजना गरेको  कृषि मेलामा तेलन बाली भाँगो प्रशर्दनी गरेकी थिइन् । उनी द्वितीय भइन् । उनलाइ नगद, प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ । जिल्लाभरका कृषकलाई कृषि मेलामा सहभागि हुन भने पनि मौसमका कारण र भौगोलिक बिकटताका कारण सबै कृषक सहभागी हुन नसकेको कृषि बिकास कार्यालय जुम्लाले बताएको छ । 

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आर्चायले तेलहन,दलहन र फलफूलले भरिपूर्ण रहेको मेला खुल्ला  ठाउमा  हुनु पर्ने बताए । बिगतको स्मरण गर्दै कुनै बेला हरितालिका( तिजको) बेला यस्ता मेला हुने गरेको बताए । 

कृषि प्रदर्शशनी मेलामा आठवटा बाली समूहको सहभागीता रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए । उनले भने,  तेलन,बाली, दलन बाली , फलफूल बाली, नगदे बाली, तरकारी बाली,  बिविध  बाली लगायतका जुम्लामा उत्पादन भएको बस्तुको प्रदर्शनी गरिएको हो । 

त्यस्तै जुम्लाको अर्गानीक तरकारी तथा फलफुल उत्पादन बढ्दो रहेकोले सबैले कृषिमा ध्यान दिन चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले बताए । उनले भने, ‘मेलाले कृषकलाइ उत्साहित जागरुक बनाएको  छ । यस्ता कार्यक्रम प्रदेश सरकारले कृषिका लागि अझै धेरै सहयोग गर्ने प्रतिबद्धता गरेको छ । स्याउ, ओखर, मुला, काँख्रा, चिनो, कागुनो, भटमास, फर्सि , भटमास, मास , मसुरो ,  जौँ , गेरास , भाँगो, तोरी ,मार्से लगायतका अन्य कृषी उत्पादन राखिएका छन् । 

त्यस्तै प्रमुख  जिल्ला अधिकारी  बिजया कुमारी  प्रसाइले कृषि उत्पादनमा सबै भन्दा बढी महिलाको सहभागीता बढेको बताइन् । उनले भनिन्,’पुरुषको  तुलनामा महिलालाई  कार्याबोझ बढी देखिन्छ । महिलाले उत्पादन गरेको तरकारी नगरपालिकाले बारीमै पुगेर ल्याइदिने गरेको खण्डमा महिलाको कार्यबोझमा कमी ल्याउन सकिन्छ ।’

जुम्लाका महिला आफैं तरकारी बोकेर  बजारसम्म ल्याउने गरेका छन् । आफूले उत्पादन गरेको तरकारी स्थानीय सरकारले  सहज बजार कारणको ब्यवस्था नगरेका कारण डोकोमा तरकारी बोकेर तीन घण्टाको  पौदल यात्रा गर्न बाध्य छन् । जिल्ला स्तरीय  प्रदर्शनी कृषि मेलामा  ४१ जना किसानले भाग लिएका थिए ।  -दिलमाया शाही /  न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

बढ्दै जनैको महत्व, गत वर्ष साढे १७ करोडको आयात देशैभर आज पनि वर्षाको सम्भावना, भोलि र पर्सी ठूलो पानी पर्ने आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र : कसले सञ्चालन गर्ने बारे अन्यौल अन्तर्राष्ट्रिय युवा दिवस : युवाका समस्या जस्ताको त्यस्तै अक्सफोर्डका विद्यार्थीलाई स्वागत तथा सम्मान ‘अमेरिका मेरो बुढा छ’ सार्वजनिक एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण गुल्मीको वार्षिक समीक्षा गोष्ठीमा जे देखियो… सामाजिक सञ्जालमार्फत महिलालाई सास्ति दिएको भन्दै एक जना पक्राउ सनराइज बैंकको लगानीमा चौतारी निर्माण एमालेले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी लुम्बिनीका १० सहित ६३ पालिकाले अझै बजेट पेश गरेनन् चाउचाउपछि फिल्मी क्षेत्रमा रुपन्देहीको यशोदा समूह, चलचित्र ‘फूलबारी’ निर्माण गर्दै माओवादीबाट ३ पटक जितेका टोपबहादुरले एमालेबाट के गर्लान्? कोरोना संक्रमणबाट एकै दिन पाँच जानाको मृत्यु राप्रपा रुपन्देही उपाध्यक्ष गुप्ताद्वारा पदबाट राजीनामा (पत्रसहित) भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट दायर, सोमबार पेसी रुपन्देही ट्राफिक प्रहरीकाे अभियान : तीब्र गतिका सवारीलाई नियन्त्रण भैरहवाको मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा थप