Jun 6, 2023
मंसिर ११,
ग्लोबल आवाज
बुटवल । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत भलिबलका खेल आज (बुधबार) सुरु हुँदैछन्। प्रतियोगिताको उद्घाटनअघि नै महिला र पुरुष भलिबल सुरु हुन लागेको हो। नेपालको पुरुष र महिला टिमले बंगलादेशविरुद्ध उद्घाटन खेल खेल्दैछन्।
महिला टिमको उद्घाटन खेल दिउँसो ३ बजे सुरु हुँदैछ। महिला भलिबलमा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र बंगलादेश छन्। नेपाल बंगलादेशलाई हराएर सुखद् सुरुवात गर्ने लक्ष्यमा छ। पुरुष भलिबल खेल भने साँझ ७ बजे सुरु हुनेछ। साग पुरुष भलिबलमा समेत नेपाल बंगलादेश र भारत रहेको समूहमा छ।
प्रतिकृया दिनुहोस्