ताजा अपडेट »

बाँकेमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

मंगलबार, १० मंसिर २०७६, १७ : ३७
70 Shares

मंसिर १०,

बुटवल । बाँकेमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । डुडुवा गाउँपालिका २ जब्बर पुरुवास्थित सडकमा भे१त २८९६ नम्बरको ट्याक्टले ठक्कर दिदा सोही ठाउँकी ५ वर्षीया सालिया बेगम खाँको मृत्यु भएको हो ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी खाँको उपचारका क्रममा नेपालगञ्जस्थित नर्सिङहोममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालिकालाई ठक्कर दिने चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।