१९ असार २०७९, आईतवार

Jul 3, 2022

काठमाडौँ । एक इन्डोनेसियाली महिलाले आफू समलिङ्गी विवाहको हिस्सा भएको भर्खरै थाहा पाएकी छिन् । उनले १० महिना अघि विवाह गरेका उनका श्रीमान् महिला भएको थाहा पाएपछि आफू तीन छक परेको बताएकी छिन् ।

Advertisement

एन ए भनेर चिनिने जाम्बी सहरकी २२ वर्षीया महिलाले आफ्ना श्रीमानलाई एक डेटिङ एपमा भेटेकी हुन् । उनी अहनफ अराफिफको रूपमा दर्ता भएका थिए र विदेशमा अध्ययन गरेका सफल डाक्टर भएको दाबी गरेका थिए । यी दुईबीच कुराकानी हुन थाल्यो । दुई हप्तासम्म डेटिङ गरेपछि अहनफ ती महिलासँग एक हप्ताका लागि बस्न आए । यो अवधिमा उनी निकै उत्कृष्ट व्यवहार देखाए ।

उनले युवतीलाई आफ्ना आमाबुबाको हेरचाह गर्न पनि मद्दत गरे, जो त्यतिबेला बिरामी थिए । त्यसैले जब एनएलाई विवाहको प्रस्ताव राखे, उनका अभिभावकले तुरुन्त आफ्नो आशिर्वाद यो जोडीलाई दिए ।

उनको र अहनफको विवाह भएलगत्तै एनए र उनको परिवारले ती युवक बारे अनौठा कुराहरू थाहा पाउन थाले । यसले उनीहरुलाई शंकालु बनायो । पहिलो यो थियो कि एनएले लाखौँ पटक आग्रह गर्दा पनि अहनफले उनलाई आफ्ना परिवार भेटाउन कहिल्यै लगेनन् । यसका साथै, उनको आरामको जीवन थियो । उनले आफूलाई डाक्टर भनेर चिनाइराख्दा आराम जीवनशैलीमा उनी रहनू, खासै मेल खादैनथ्यो ।

तर यी सबै कुरा खासै गम्भीर थिएनन् । एनएकी आमाले जुन कुरा निगरानी गरिरहेकी थिइन् ती साँच्चै नै बढी गम्भीर थिए । अहनफले कहिल्यै अरूको अगाडि आफ्नो लुगा फुकालेनन्, आफ्नी श्रीमतीले अगाडि पनि । र घरमा अरु भएका बेला उनले लुगा नै लगाएर नुहाएको पनि एनएकी आमाले याद गरेकी थिइन् ।

वर्ल्ड अफ बजको रिपोर्ट अनुसार एनएले आफ्नो श्रीमानको छातीमा गाँठोको कुरा गर्दा उनले ती हर्मोनको समस्याका कारण देखिएको बताएका थिए । शंकाको पहाड दिन प्रतिदिन बढ्दै थियो, उनकी आमालाई त्यो पहाडले थिच्लाजस्तो भएपनि एकदिन उनले अहनाफलाई आफू पुरुष भएको प्रमाण देखाउन माग गरिन् ।

यो भयानक अवस्थाबाट बाहिर निस्कन नसकेर अहनाफले आफ्नो लुगा फुकालिन् । एनएकी आमाले जे शंका गरेकी थिइन्, आखिर त्यहि भयो । अहनफले आफू वास्तवमा महिला भएको र आफ्नो वास्तविक नाम इरायनी भएको जानकारी दिइन् । उनले आफ्नाबारे लगभग सबै कुरा झुटो बोलेको र जागिरबारे पनि ढाँटेको बताइन् ।

तर एनएले जाम्बी जिल्ला अदालतमा पछिल्लो १० महिनादेखि वैवाहिक सम्बन्धमा रहेका श्रीमान् खासमा महिला भएको कुरामा आफूलाई रत्तिभर पनि शंका नलागेको बताइन् । आफूहरुले थुप्रै पटक यौन सम्बन्धसमेत स्थापित गरेको तर त्यतिबेला पनि कुनै आशंका नभएको उनले बताइन् ।-एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली ! पौडी खेल्ने क्रममा दुई भारतीय नागरिकको मृत्यु तत्कालीन नेकपाका बहुमत सदस्यको भेटवार्ता, के भयो कुराकानी ? सरसफाइका लागि कठोर नीति ल्याउँदै तुलसीपुर चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते जन्ती हिँडेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु फूलहरूलाई के हिउँद, के बर्खा (फोटोफिचर) बुटवल मण्डपको नाम फेर्ने उपमहानगरको निर्णयप्रति व्यवसायिक संघ-संस्थाहरुको असहमति, फिर्ता लिन माग तुलसीपुरका पानी मुहान क्षेत्रमा चुनढुगा उत्खननको तयारी, खानेपानी संस्थाको बिरोध एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल तिलोत्तमालाई युवामैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता छोरी भएर जन्मिनु विडम्बना हो ! अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज हस्ताक्षर किर्ते गरी छ्यालिस लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर पत्रकार पन्थीको ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा विपद्बाट हुने क्षति न्यूनिकरण गर देशको आर्थिक अवस्था गम्भीर संकटमा : प्रचण्ड सेयर बजारमा हरियाली बुटवलमा साइन्स-म्याथ ओलम्पियाड, कान्ति माविका शिशिर प्रथम