१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । मूलुक संघीय प्रणालीमा गएकाले स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा संचार क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट निर्माण गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् । बुटवल उपमहानगरपालिकाले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सम्बन्धनमा रुपन्देहीका संचारकर्मीहरुसँग गरेको छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन्।

Advertisement

छलफलमा उनीहरुले बुटवल पत्रकारिताको केन्द्रविन्दु भएकाले बुटवललाई पत्रकारिताको हबको रुपमा विकास गर्ने गरी उपमहानगरले आवश्यक बजेट बिनियोजन गर्नका लागि सुझाव दिए । साथै उनीहरुले संचारकर्मीहरुलाई उपमहानगरले सूचना सहज रुपमा पाउने वातावरणको सृजना गर्न आग्रह समेत गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, महासंघका सल्लाहकार खिमानन्द भट्टराई, दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष विनोद पहाडी, महासंघ रुपन्देहीका सचिव विनोद परियार, नेपाल प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसाल, संचारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोल, फोनिज रुपन्देहीका अध्यक्ष सोनु थापा, पत्रकार एन.बी. कंडेल, सुदिप भण्डारी, विकास पराजुली लगायतले उपमहानगरले बनाउने नीति तथा कार्यक्रम र बजेट संचारमैत्रीहरु हुनुपर्नेमा जोड दिएका थिए ।

संचारकर्मीहरुको सुझावको जवाफ दिँदै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उपमहानगर नीति कार्यक्रम र बजेट संचारमैत्री बनाउनका लागि प्रतिबद्ध रहेको बताए । बुटवल उपमहानगरले बनाउने नीति तथा कार्यक्रम र बजेटमा संचार क्षेत्र र संचारकर्मीहरुका समस्यालाई समाधान गर्नका लागि समस्याहरु के कस्ता छन् र ती समस्यालाई समाधान गर्नका लागि बजेट निर्माणको पूर्वसन्ध्यामा संचारकर्मीहरुसँग छलफल कार्यक्रमको आयोजना गरिएको बताए ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको अध्यक्षता, उपहानगरपालिकाका सूचना अधिकारी मित्रमणि खनालको संचालन,प्रवक्ता शिव रानाको स्वागतमा भएको छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार, पदाधिकारी, विभिन्न पत्रकार सम्बद्ध संगठनका प्रतिनिधि लगायतका संचारकर्मीहरुको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै