ताजा अपडेट »

त्रिचन्द्र कलेजका क्याम्पस प्रमुख विद्यार्थीद्धारा कुटिए

सोमबार, ०९ मंसिर २०७६, १४ : ४२
12 Shares

मंसिर ९,

ग्लोबल आवाज

काठमाडौं । त्रिचन्द्र कलेजका क्याम्पस प्रमुख प्रदिपबहादुर न्यौपानेलाई विद्यार्थीले कुटपिट गरेका छन् । सोमबार बिहान क्याम्पसभित्र प्रवेश गर्ने वित्तिकै नेविसंघ, अनेरास्ववियू लगायतका विद्यार्थी संगठनका विद्यार्थीको हुलले न्यौपानीमाथि कुटपिट गरेको हो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुईजना विद्यार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेरास्ववियू मनराज थापा र गोविन्द थपलिया रहेको प्रहरीले जनाएको छ । दुवै जनालाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विद्यार्थीहरुका अनुसार कलेजका विज्ञान संकायको शुल्क बढाएपछि विद्यार्थीहरु आन्दोलतनरत् थिए । त्यही क्रममा यो घटना सार्वजनिक भएको हो ।

प्रहरीका अनुसार न्यौपानेको वीर हस्पिटलमा उपचार भइरहेको छ । उनको हातमा चोट लागेको जनाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।