ताजा अपडेट »

प्रदेशसभामा एमालेले माग्यो मन्त्री विमलाबारे सरकारको जवाफ, बैठक स्थगित

बुधबार, ०१ असार २०७९, १६ : २७
4 Shares


बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक २५ मिनेटका लागि स्थगित भएको छ । एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री बिमला वलीले महिला र बालिका माथि गरेको दुर्व्यहारको घटना बारे सरकारका तर्फबाट स्पष्ट धारणा नआउँदासम्म बैठक चलन नदिने बताए ।

लगत्तै सभामुख पूर्णबहादुर घर्ति मगरले घटनाका बारेमा सरकारको धारण सार्वजनिक गर्न निर्देशन दिँदै बैठक २५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुनु । आज ४ बजे बस्ने प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।