ताजा अपडेट »

राज्यमन्त्री बिमलाको घटनामा छानविन गर्न आन्तरिक मामिला मन्त्रीको नेतृत्वमा समिति गठन

बुधबार, ०१ असार २०७९, १४ : ५७
6 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्य मन्त्री विमला खत्री वलीको घटनाको बिषयमा छानबिन गर्न समिति गठन गरेको छ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती, प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् । घटनाको सत्य तथ्य छानबिन गरि समितिले १५ दिन भित्र प्रतिवेदन पेस गर्ने सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।