ताजा अपडेट »

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

मंगलबार, ३१ जेठ २०७९, १० : ५२
38 Shares

बुटवल । महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई नियन्त्रणमा लिएको छ ।

तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी एकराज बस्नेको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा आज बिहान प्रवेश गरेकी थिइन् । घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उनले कोठाभित्रको दराजसमेत तोडफोड गरेको बताइएको छ । गत वर्ष भदौमा एकराजले आफ्नो फेसबुक स्टोरीमा विमलालाई चुम्बन गरेको फोटो हालेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।