Jun 6, 2023
मंसिर ८,
काठमाडौँ । अर्घाखाँची सिमेन्टले स्थापनाको पाँचौं वर्षगाँठको उपलक्ष्यमा ‘धन वर्षा’ योजना सार्वजनिक गरेको छ। आइतबार आजदेखि दुई महिना (माघ ८) सम्म लागू हुने यस योजना अन्तर्गत ग्राहक तथा उपभोक्ताले अर्घाखाँचीको जुनसुकै (ओपिसी वा पिपिसी) १५ बोरा सिमेन्टको खरिदमा एक स्क्र्याच कुपन भएका छन् ।
कम्पनीका अनुसार कुपनलाई स्क्र्याच गरी रु १०० देखि रु ५००, रु १०००, रु १०,०००, रु २५०००, रु ५० हजार र रु १ लाखसम्मको सुयोर सट नगद उपहार पाउनेछन् । यसरी पाउने नगद उपहारमा नेपाल सरकारको नियमानुसार लाग्ने कर विजेताले नै तिनुपर्नेछ । ‘नव निर्माणमा धनको बहार, अर्घाखाँचीमा करोडौँ उपहार’ नारा दिइएको देशैभरी लागू हुने यस योजना अन्तर्गत भाग्यशाली विजेताले डिलर वा हार्डवयेरमार्फत सिमेन्ट खरिद गर्दाकै समयमा सुयोर सट नगद उपहार प्राप्त गर्नेछन् । कम्पनीले स्थापनाको पाँचौं वर्षको उपलक्ष्यमा आफ्ना ग्राहक तथा उपभोक्ताको अर्घाखाँची ब्राण्डप्रतिको माया एवं सद्भावलाई सम्मान गरी यस योजनालाई अघी सारेको कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले बताएका छन् ।
कम्पनी स्थापनाको वर्षगाँठको खुसीयाली ग्राहकसँग बाड्न सावर्ज्निक गरिएको यस योजनाले उपभोक्ता र कम्पनीलाई सँधैभरी एकै कडीमा बाँधीराख्ने विश्वास थापाले लिएका छन् । पाँच वर्षअघि स्थापित अर्घाखाँची सिमेन्टले ओपिसी सिमेन्ट उत्पादनको दायरालाई विस्तार गरी गत वर्षमात्र पिपिसी सिमेन्टको उत्पादन पनि थालेको थियो । भैरहवाको सियारीस्थित कारखनाबाट सिमेन्ट उत्पादन गरिरहेको यस कम्पनीले आफैले क्लिंकर समेत उत्पादन गरी सिमेन्टको कच्चा पदार्थ आयातमा राष्ट्रले बेहोरी रहेको ब्यापार घाटालाई कम गर्न समेत योगदान गरिरहेकोछ।
प्रतिकृया दिनुहोस्