Jun 6, 2023
मंसिर ८,
काठमाडौँ । अर्को साता सुरु हुनृ १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् । उसु र भलिबल खेल अगाडि नै सुरु भएपनि सागको उद्घाटन मंसिर १५ गते हुने छ । उद्घाटन सत्र ३ घण्टा भन्दा बढी चल्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघि नै जानकारी दिएको छ ।
राष्ट्रपति भण्डारीले सागको उद्घाटन गर्ने र प्रधानमन्त्री केपी ओलीले उद्घाटन सत्रलाई सम्बोधान गर्ने राखेप सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए । नेपालले तेस्रो पटक सागको आयोजना गर्न लागेको हो । नेपालले यसअघि सन् १९८४ मा पहिलो र १९९९ मा तेस्रो साग (तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद –साफ) आयोजना गरेको थियो । दुवै सागको उद्घाटन स्वर्गिय राजा वीरेन्द्र वीर विक्रम शाहदेवले गरेका थिए ।यसैबीच प्रधानमन्त्री ओलीले सागमा भाग लिने नेपाली खेलाडीको हौसला अभिबृद्धिका लागि प्याकेज घोषणा गर्ने भएका छन् ।
राखेप सदस्य सचिव सिलवालका अनुसार मंगलबार ११ बजेले प्रधानमन्त्री ओलीले खेलाडीलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । १३ औं साग काठमाडौं, ललितपुर, कास्की र जनकपुरमा मंसिर १४ देखि २५ गते सम्म आयोजना हुँदैछ । नेपालसहित ७ राष्ट्रका ३ हजार भन्दा खेलाडीले २६ खेलमा प्रतिस्पर्धा गर्नेछन् । नेपालले सबै २६ खेलमा झन्डै ६ सय खेलाडी उतार्नेछ । साग आयोजनाका लागि ५ अर्ब रुपैयाँ भन्दा बढी खर्च हुँदैछ ।- हाम्रो खेलकुद
प्रतिकृया दिनुहोस्