ताजा अपडेट »

आज पनि संसद बस्दै, चार मन्त्रालयको बजेटमाथि छलफल

विहीबार, २६ जेठ २०७९, ०८ : २७
10 Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहीबार पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा चार वटा मन्त्रालयको बजेटमाथिको छलफल हुनेछ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको बजेटमाथि छलफल हुनेछ । 

सांसद प्रेम सुवाल, दुर्गा पौडेल र सूर्यप्रसाद पाठकले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।