१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

मंसिर ८,
ग्लोबल आवाज
बुटवल । विश्व अन्तर्राष्ट्रिय दण्डहिनता विरुद्धको दिवसका अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश नं. ५, महासंघ रुपन्देही शाखा र मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको संयुक्त आयोजनामा सचेतना र्याली सम्पन्न भएको छ । पत्रकार महासंघ रुपन्देही शाखाको कार्यालय प्राङ्गणबाट सुरु भएको र्याली जेसीस चोकमा आएर कोणसभामा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले मुलुकमा अझै पनि दण्डहिनता काएम रहेकोमा चिन्ता व्यक्त गरे ।

दश वर्षसम्मको गृह युद्ध, मधेश आन्दोलन तथा विभिन्न समयमा भएका आन्दोलन र द्वन्दका पिडितहरुले अझै पनि न्याय नपाएको कुरा उल्लेख गर्दै उनले समृद्ध मुलुकका लागि मानव अधिकारको सुनिश्चितता र शान्ति आवश्यक रहेको बताए । कार्यक्रममा उपस्थित नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसीले मानव अधिकार तथा शान्तिका बारेमा कलम चलाउन आग्रह गरे ।

कार्यक्रममा पत्रकार महासंघ रुपन्देही शाखाका कार्यवहाक अध्यक्ष दिनेश पाण्डे, उपाध्यक्ष निरु गौतम, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष डि. पी. खनाल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन महासंघ रुपन्देहीका सह सचिव विनोद परियारले सञ्चालन गरेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य गाडीले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु