२४ जेष्ठ २०८०, बुधबार

Jun 7, 2023

मंसिर ८,
बैज्ञानिकले अन्य ग्रहमासमेत प्राणी जीवनको सम्भावना अध्ययन गरिरहेका बेला पृथ्वीमा एउटा यस्तो ठाउँ फेला परेको छ जहाँ जीवनको कुनै सम्भावना नै छैन। बैज्ञानिकहरुले एक यस्तो पृथ्वीमा जलीय वातावरणको एउटा यस्तो ठाउँ फेला पारे जहाँ कुनै जीवनको सम्भावना छैन। यो स्थान इथियोपियाको डलोल क्षेत्रमा पर्छ। जहाँ निकै गर्मी र जलीय कुण्डहरु छन्। यहाँ कुनै पनि जीवित प्राणी जीवहरु भेटिएनन्।

‘नेचर इकोलोजी एन्ड इवोल्युशन’ नामक जर्नलमा प्रकाशित यस अध्ययनबाट इथियोपियाको उक्त क्षेत्रमा निकै धेरै एसिडयुक्त पानी छ। त्यस्तै नूनको मात्रा पनि निकै नै धेरै छ। जसले गर्दा त्यहाँ कुनै जीवनको सम्भावना छैन। स्पेनिश फाउन्डेशन फर साइन्स एन्ड टेक्नोलोजी (एफइसीवाइटी) का वैज्ञानिक सोधकर्ताले बताए अनुसार डलोल क्षेत्र नुनले भरिएको ज्वालामुखीको मुखमा छ। ज्वालामुखीको मुख रहेको यस क्षेत्रमा निकै तातो पानी र बिषाक्त ग्यास निस्किन्छ। चिसोमा पनि यहाँको तामक्रम ४५ डिग्रीसम्म हुन्छ। यो पृथ्वीको सबैभन्दा गर्मी क्षेत्र हो। यहाँ १३३ डिग्री फरेनहाइटसम्मको तापक्रम मापन गरिएको छ। यस अध्ययनकी सहलेखिका लोपेज गार्सियाले भनिन्, ‘पछिल्ला अनुसन्धानको तुलनामा हामीले यस बारेमा धेरै नमुनाको जाँच गरेउ। यसबाट हामीले यी खार, गर्मी र अल्ट्रा एसिडले यस क्षेत्रमा सुक्षम जीवको पनि सम्भावना नभएको निष्कर्ष निकाल्यौं।’

यतिसम्मकी यहाँ नूनिलो क्षेत्रमा पाइने शुक्ष्म जीवसमेत छैन। सौर्यमण्डल वा अन्य ग्रहमा समेत जीव रहनसक्ने प्रमाणहरु जुटाइरहेका बेला भेटिएको यो ठाउँको वातावरणले सबैलाई चकित पारेको छ। ‘हाम्रो अध्ययनले यो प्रमाणित गरेको छ कि पृथ्वीको सतहमा डलोलजस्ता अरु पनि ठाउँहरु छन्। विषाक्त्त पानीले भरिएका यी ठाउँहरुमा जीवको कुनै पनि अवशेषहरु छैनन्’  गार्सियाले भनेकी छिन्। उत्तरी इथोपियामा रहेको पृथ्वीको सबैभन्दा तातो र सबैभन्दा बिकट मानिने यो ठाउँमा कुनै शताब्दीमा मानव वस्ती भएको विश्वास गरिन्छ। तर अहिलेसम्म यहाँको जनसंख्याको बारेमा कुनै प्रमाणण फेला परेको छैन। कुनै बेला यहाँ घरहरु देखिएको विभिन्न अध्ययनहरुले देखाएका छन्। तर पछि यस्तै ज्वालमुखी र अन्य प्राकृतिक विपतपछि यहाँबाट मानिस बाहिरिएको विश्वास पनि गरिन्छ। यो ठाउँलाई भूतको सहर अर्थात् ‘घोस्ट टाउन’ भनेर पनि चिनिन्छ। -एजेन्सी

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने