२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर ८,

Advertisement

भैरहवा । भैरहवामा आयोजित लुम्बिनी पर्यटन प्रवद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सवमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ । उद्योग व्यापार सङ्गठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौँको मुख्य आयोजनामा भैरहवाको अञ्चलपुरमा सञ्चालन भइरहेको महोत्सवमा स्थानीय उत्पादनका कक्षलाई विशेष छुटको व्यवस्था गरिएको स्टल संयोजक रामचन्द्र रेग्मीले बताए । चार सय स्टल दर्ता भएको महोत्सवमा करिब ४० प्रतिशत स्थानीय उत्पादनका रहेको उनले जानकारी दिए । विशेष गरी स्थानीय उत्पादन अन्तर्गत कृषिका ६०, घरेलु साना उद्योगका १००, महिला हस्तकला अन्तर्गत ६०, स्थानीय गार्मेन्टका ५० स्टल छन् ।

विगतका महोत्सवमा उत्साहजनक रुपमा सहभागि नहुने गरे तापनि यस वर्ष आयोजकको मेहनत र उनीहरुलाई गरिएको छुटका कारण उद्योगी व्यवसायी उत्साहित भएको मेला मूल आयोजक समिति संयोजक नारायणप्रसाद भण्डारीले बताए । स्थानीय उत्पादनका पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिएर आयोजना गरिएको महोत्सवमा मायादेवी मन्दिर आकृतिको पर्यटकीय क्षेत्रमा राखिएका १५ वटा पर्यटकीय क्षेत्रले दर्शकको ध्यान केन्द्रित गरेको भण्डारीले बताए । उनले भने, “हामीले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष  ०७६ लाइ मध्यनजर गर्दै प्रदेश नं ५ मा भएका मुख्य पर्यटकीय गन्तव्यको चिनारीसहितका तस्वीर प्रदर्शन गरेका छौँ, जसमा दर्शकको आकर्षण बढेको छ ।”

महोत्सवमा अर्घाखाँचीको सुपादेउराली मन्दिर, गुल्मीको विचित्र गुफा, चितवनको सौराहा, मुगुको राराताल, मुस्ताङ हिमाल, प्युठानको स्वर्गद्वारी, सगरमाथा हिमाल, देवदहको पाकरी वृक्ष, माछापुच्छ्रे हिमाल, अन्नपूर्ण आधारशिविर, रेसुङ्गा, मर्दी हिमाल, पाल्पाको रानीमहल लगायतका पर्यटकीय गन्तव्यको तस्वीरलाई उनीहरुको परिचयसहित सजाएर राखिएको छ । मङ्सिर ३ गतेदेखि शुरु भएको महोत्सवमा २५ करोडको आर्थिक कारोवार हुने तथा तीन लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने