ताजा अपडेट »

तिलोत्तमाको मेयरमा काँग्रेसका खाँण र उपमेयरमा एमालेकी चौधरी निर्वाचित

शुक्रबार, १३ जेठ २०७९, ०६ : १४
17 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेस रुपन्देहीका सभापति समेत रहेका रामकृष्ण खाँण निर्वाचित भएका हुन् । उनले एमाले उम्मेदवार मोहन चापागाइँलाई ७६५ मतले हराउँदै तिलोत्तमाको नगर प्रमुख पदमा विजयी भएका हुन् ।

तिलोत्तमाको प्रमुखमा निर्वाचित काँग्रेस नेता खाँणले २४ हजार ३९६ मत प्राप्त गरी निर्वाचित हुँदा प्रमुख प्रतिद्वन्दी एमाले उम्मेदवार चापागाइँले २३ हजार ६३१ मत प्राप्त गरे । त्यस्तै उपप्रमुखमा भने फराकिलो मतान्तर सहित एमाले उम्मेदवार जागेश्वरीदेवी चौधरी विजयी भएकी छिन् । उपप्रमुखमा निर्वाचित चौधरीले २३ हजार ८६ मत प्राप्त गरिन । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेले ११ हजार ५४६ मत प्राप्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।