ताजा अपडेट »

तिलोत्तमामा खाँण ८४५ मतले अगाडि, अब ३ हजार मत गन्न बाँकी

विहीबार, १२ जेठ २०७९, १६ : ३१
20 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी मत गणनामा गठबन्धन दल नेपाली काँग्रेसका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन् । ६० हजार ३६७ मतगणना गरेर सक्दा खाँणले २३ हजार ३२२ मत प्राप्त गरेर अघि छन् । निकटतम प्रत्यासी उम्मेद्वार चापागाईंले २२ हजार ४७७ मत प्राप्त गरेका छन् । खाँण चापागाईंभन्दा ८४५ मतले पघि रहेका छन् ।

अब ३ हजार १३ मत मात्रै गन्न बाँकी रहेको छ । यसैगरी उप प्रमुख पदमा भने नेकपा एमालेकी जागेश्वरीदेवि चौधरीले निकटतम प्रत्यासीभन्दा दोब्बर मत कायम राखेकी छन् । पछिल्लो मत परिणाम अनुसार चौधरीले २२ हजार १६ मत प्राप्त गर्दा निकटतम प्रत्यासी गठबन्धन दलको तर्फबाट गोलाकार भित्र हँसिया हथौडामा ११ हजार २६ मत प्राप्त भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।