ताजा अपडेट »

तिलोत्तमामा चापागाईं भन्दा खाँण ८३२ मतले अगाडि

विहीबार, १२ जेठ २०७९, ११ : ०२
25 Shares
विहीबार, १२ जेठ २०७९
25 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी मत गणनामा गठबन्धन दल नेपाली काँग्रेसका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन् । ६० हजार ३६७ मतगणना गरेर सक्दा खाँणले २२ हजार ७९८ मत प्राप्त गरेर अघि छन् । निकटतम प्रत्यासी उम्मेद्वार चापागाईंले २१ हजार ९६६मत प्राप्त गरेका छन् । खाँण चापागाईंभन्दा ८३२ मतले पघि रहेका छन् ।

यसैगरी उप प्रमुख पदमा भने नेकपा एमालेकी जागेश्वरीदेवि चौधरीले निकटतम प्रत्यासीभन्दा दोब्बर मत कायम राखेकी छन् । पछिल्लो मत परिणाम अनुसार चौधरीले २१ हजार ५१९ मत प्राप्त गर्दा निकटतम प्रत्यासी गठबन्धन दलको तर्फबाट गोलाकार भित्र हँसिया हथौडामा १० हजार ७३९ मत प्राप्त भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।