१९ असार २०७९, आईतवार

Jul 3, 2022

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित भएको छ । निकटतम प्रतिस्पर्धिसँग गन्न बाँकी मतभन्दा बढीको अन्तरले अघि बढेपछि उनको जित सुनिश्चित भएको हो । 

Advertisement

काठमाडौं महानगरमा गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा १ लाख ९१ हजार १२५ मत खसेको थियो । खसेको मतमध्ये हालसम्म १ लाख ७१ हजार ८०२ मत गणना भइसकेको छ । अब गणना गर्न १९ हजार ३२३ मत बाँकी रहेको छ । १९ हजार ३२३ मतगणना गर्न बाँकी रहँदा बालेनले हालसम्म ५५ हजार ७४७ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३५ हजार ३७१ मत प्राप्त गरेकी छन् । सिर्जनाकोभन्दा बालेन २० हजार ३७६ मतले अघि रहेका छन् । गणना गर्न बाँकी मतभन्दा बालेन र सिर्जनाबीचको मतान्तर बढी रहेको छ, जसले गर्दा बालेनको जित सुनिश्चित भएको हो । 

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार काठमाडौं महानगरका ३२ वडामध्ये हालसम्म २७ वटाको मतगणना सम्पन्न भइसकेको छ । अब मतगणना सम्पन्न बाँकी रहेका वडामा १३, १४, १५, १६ र १७ रहेका छन् । हालसम्म मतगणना सम्पन्न भइसकेका वडामध्ये बालेनले सबैभन्दा बढी मत ३३ नम्बर वडा (कोटेश्वर)बाट प्राप्त गरेका छन् । त्यहाँ उनले सदर भएकोमध्ये ४६ प्रतिशत अर्थात ५ हजार ५२३ मत प्राप्त गरेका छन् । 

बालेनले सदर भएकोमध्ये वडा नं. ९ (गौशाला) बाट ४४ प्रतिशत (३ हजार ३१८), वडा नं. ३१ (शान्तिनगर)बाट ३८ प्रतिशत (४ हजार १५८), वडा नं.४ (बालुवाटार)बाट ४२ प्रतिशत (३ हजार ९६६), वडा नं.७ (मित्रपार्क) बाट ४१ प्रतिशत (३ हजार ८४६) र वडा नं. १० (बानेश्वर)बाट ३८ प्रतिशत (२ हजार ७२८) मत प्राप्त गरेका छन् । यस्तै, बालेनले सदरमतमध्ये वडा नंं.१ (नक्साल) बाट ३४ प्रतिशत (७८३), वडा नं. २ (लाजिम्पाट)बाट ३६ प्रतिशत (१ हजार २१५), वडा नंं.३ (महाराजगन्ज)बाट ३७ प्रतिशत (२ हजार ३२६), वडा नं. ५ (हाँडिगाउँ)बाट ३७ प्रतिशत (१ हजार ५०१), वडा नं.६ (बौद्ध)बाट ३६ प्रतिशत (३ हजार ४७६) र वडा नं. ८ (पशुपति)बाट ३५ प्रतिशत (१ हजार ३१३) मत प्राप्त गरेका छन् । 

प्रतिकृया दिनुहोस्

Flash News

अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली ! पौडी खेल्ने क्रममा दुई भारतीय नागरिकको मृत्यु तत्कालीन नेकपाका बहुमत सदस्यको भेटवार्ता, के भयो कुराकानी ? सरसफाइका लागि कठोर नीति ल्याउँदै तुलसीपुर चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते जन्ती हिँडेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु फूलहरूलाई के हिउँद, के बर्खा (फोटोफिचर) बुटवल मण्डपको नाम फेर्ने उपमहानगरको निर्णयप्रति व्यवसायिक संघ-संस्थाहरुको असहमति, फिर्ता लिन माग तुलसीपुरका पानी मुहान क्षेत्रमा चुनढुगा उत्खननको तयारी, खानेपानी संस्थाको बिरोध एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल तिलोत्तमालाई युवामैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता छोरी भएर जन्मिनु विडम्बना हो ! अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज हस्ताक्षर किर्ते गरी छ्यालिस लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर पत्रकार पन्थीको ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा विपद्बाट हुने क्षति न्यूनिकरण गर देशको आर्थिक अवस्था गम्भीर संकटमा : प्रचण्ड सेयर बजारमा हरियाली बुटवलमा साइन्स-म्याथ ओलम्पियाड, कान्ति माविका शिशिर प्रथम