ताजा अपडेट »

तिलोत्तमामा २७ हजार मत गनेर सकिदा गठबन्धनका खाँणको अग्रता

आइतबार, ०८ जेठ २०७९, ०७ : ४६
8 Shares
आइतबार, ०८ जेठ २०७९
8 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गणना भएको २७ हजार ३ सय ४० मतको परिणाम सार्वजनिक गर्दा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खांणले अग्रता लिएका छन्।

बिहान ५ः ३० बजे सार्वजनिक भएको मत परिणाम अनुसार उनलाई नेकपा एमालेका उम्मेद्वार मोहन चापागाईंले पछ्याई रहेका छन्।

खांणले १० हजार ५ सय ६२ मत प्राप्त गर्दा एमालेका चापागाईले १० हजार ४ सय ९९ मत प्राप्त गरेका छन्। खाण भन्दा चापागाई ६३ मतले पछाडी परेका छन्।

उप प्रमुख पदमा भने एमालेको तर्फबाट उम्मेदवार बनेकी जगेश्वरी दोब्बर बढीको अर्थात ५ हजार १ सय ८९ मतले अगाडी छन्। एमालेकी जागेश्वरीदेवि चौधरीले १० हजार २ सय १ मत पाउदा उनका निकटतम प्रतिद्धन्धी गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेको गोलाकार भित्र हँसिया हथौडामा ५ हजार १२ मत प्राप्त भएको छ।

तिलोत्तमा नगरपालिकामा हाल सम्म वडा नं १, २, ३ १५,१६र १७ नं वडाको अन्तिम परिणाम आई सकेको छ। ति वडा मध्ये वडा नं १ र १५ मा नेकपा एमालेले बिजय हासिल गरेको छ भने वडा नं २,३ १६ र १७ मा नेपाली कांगे्रसले बिजय हासिल गरेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।