१९ असार २०७९, आईतवार

Jul 3, 2022

बुटवल । बुटवल उपमहानगरपालिकाको  प्रमुख पदमा ५ दलीय गठबन्धनका खेलराज पाण्डे विजयी भएका छन् । गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका नेपाली काँग्रेसका पाण्डेले नेकपा एमालेका बाबुराम भट्टराईलाई फराकिलो मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।

Advertisement

निर्वाचन अधिकृतको कार्यालय बुटवलका अनुसार पाण्डेले ३० हजार १३० मत पाप्त गर्दा एमालेका भट्टराईले २२ हजार ५९६ मत प्राप्त गरे । पाण्डेले निकटतम प्रतिद्वन्दिभन्दा ७ हजार ५३३ मत बढी लिएका छन् ।  यसैगरी राष्ट्रिय प्रजान्त्र पार्टी (राप्रपा)को तर्फबाट प्रमुख पदका उम्मेद्वार मृगेन्द्र शेरचनले ४ हजार २९७ मत प्राप्त गरे ।

बुटवलको उपप्रमुख पदमा भने गठबन्धनलाई पराजित गर्दै एमालेकी सावित्रा अर्यालले भारी मतान्तरले जित हासिल गरिन । अर्यालले २४ हजार ९०४ मत प्राप्त गर्दा गठबन्धन दलको तर्फबाट उम्मेद्वार नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले १६ हजार ९८० मत प्राप्त गरे । अर्यालले गठबन्धनका उम्मेदवारभन्दा ७ हजार ९२४ मत बढी प्राप्त गरेकी छन् । यसैगरी राप्रपाको तर्फबाट उपमेयर पदकी उम्मेद्वार भगवती पाण्डेले ६ हजार ५२९ मत प्राप्त गरिन् ।

नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकामा २ दशकअघिको शाख फर्काएको हो । यसअघि २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २३ सय मत अन्तरले पराजित भएका पाण्डेले यसपटक जित हात पार्न सफल भएका हुन् ।

बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नंं १०, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक-एक वडा जितेका छन् । 

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले २ दशकपछि नेकपा एमालेबाट नेतृत्व फर्काउन सफल भएको छ । यसअघि बुटवलमा २०४९ सालमा भएको स्थानीय चुनावमा कांग्रेसका सूर्यप्रसाद प्रधान बुटवलका मेयर बनेका थिए । २०५४ सालमा भएको स्थानीय चुनावमा प्रधान एमालेका भोजप्रसाद श्रेष्ठसँग पराजित भएका थिए । 

मेयरमा पराजित प्रधानले दुई वर्षपछि २०५६ को संसदीय चुनावमा टिकट पाएर सांसद बने । त्यसबेला कांग्रेसका प्रधानसँग एमालेका विष्णु पौडेल पराजित भएका थिए । 

२०४८ सालको पहिलो आमनिर्वाचनमा बुटवल र आसपासका क्षेत्र समेटिएको तत्कालीन रुपन्देही क्षेत्र नम्बर ३ बाट कांग्रेसका बालकृष्ण खाँण प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा उनै खाँण एमालेका मोदनाथ प्रश्रितसँग पराजित भएका थिए ।

पछिल्लो समय नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर समेत रहेको बुटवललाई एमालेको बलियो संगठन भएको क्षेत्रको रूपमा लिइन्थ्यो । २०६४ र २०७० सालमा सम्पन्न संविधान सभा निर्वाचन र २०७४ सालको संघीय निर्वाचनमा पौडेल बुटवलबाटै निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली ! पौडी खेल्ने क्रममा दुई भारतीय नागरिकको मृत्यु तत्कालीन नेकपाका बहुमत सदस्यको भेटवार्ता, के भयो कुराकानी ? सरसफाइका लागि कठोर नीति ल्याउँदै तुलसीपुर चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते जन्ती हिँडेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु फूलहरूलाई के हिउँद, के बर्खा (फोटोफिचर) बुटवल मण्डपको नाम फेर्ने उपमहानगरको निर्णयप्रति व्यवसायिक संघ-संस्थाहरुको असहमति, फिर्ता लिन माग तुलसीपुरका पानी मुहान क्षेत्रमा चुनढुगा उत्खननको तयारी, खानेपानी संस्थाको बिरोध एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल तिलोत्तमालाई युवामैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता छोरी भएर जन्मिनु विडम्बना हो ! अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज हस्ताक्षर किर्ते गरी छ्यालिस लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर पत्रकार पन्थीको ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा विपद्बाट हुने क्षति न्यूनिकरण गर देशको आर्थिक अवस्था गम्भीर संकटमा : प्रचण्ड सेयर बजारमा हरियाली बुटवलमा साइन्स-म्याथ ओलम्पियाड, कान्ति माविका शिशिर प्रथम