ताजा अपडेट »

तिलोत्तमामा गठबन्धनलाई पछि पार्दै चापागाईं, उपप्रमुखमा चौधरीको अग्रता ४४ सय नजिक

शनिबार, ०७ जेठ २०७९, ०९ : २१
6 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी मत गणनामा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेद्वार मोहन चापागाईंले अग्रता कायम राखेका छन् ।

२१ हजार ७३४ मतगणना गरेर सक्दा चापागाईंले ८ हजार ७१६ मत प्राप्त गरेर अघि छन् । निकटतम प्रत्यासी गठबन्धन दलका तर्फबाट मेयर उम्मेद्वार खाँणले ८ हजार ४७८ मत प्राप्त गरेका छन् । खाँण चापागाईंभन्दा २३८ मतले पछि परेका छन् ।

यसैगरी उप प्रमुख पदमा पनि नेकपा एमालेकी जागेश्वरीदेवि चौधरीले फराकिलो मतान्तर कायम राखेकी छन् । पछिल्लो मत परिणाम अनुसार चौधरीले ८ हजार ४२८ मत प्राप्त गर्दा निकटतम प्रत्यासी गठबन्धन दलको तर्फबाट गोलाकार भित्र हँसिया हथौडामा ४ हजार ४४ मत प्राप्त भएको छ । चोधरी ४३८४ मतले अघि छिन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।