ताजा अपडेट »

तिलोत्तमामा मतान्तर बढाउँदै चापागाईं, उप मेयरमा चौधरीले लिइन ४ हजार बढीको अग्रता

शनिबार, ०७ जेठ २०७९, ०६ : ०५
4 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी मत गणनामा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेद्वार मोहन चापागाईंले अग्रता कायम राखेका छन् ।

शनिबार विहान साढे ५ बजेसम्म २० हजार ६९५ मतगणना गनेर सक्दा चापागाईंले ८ हजार २७६ मत प्राप्त गरेर अघि छन् । निकटतम प्रत्यासी गठबन्धन दलका तर्फबाट मेयर उम्मेद्वार खाँणले ८ हजार ३८ मत प्राप्त गरेका छन् । खाँण चापागाईंभन्दा २३८ मतले पछि परेका छन् ।

यसैगरी उप प्रमुख पदमा पनि नेकपा एमालेकी जागेश्वरीदेवि चौधरीले फराकिलो मतान्तर कायम राखेकी छन् । पछिल्लो मत परिणाम अनुसार चौधरीले ७ हजार ९८८ मत प्राप्त गर्दा निकटतम प्रत्यासी गठबन्धन दलको तर्फबाट गोलाकार भित्र हँसिया हथौडामा
३ हजार ७९७ मत प्राप्त भएको छ ।

यसैगरि वडा नम्बर २ को अध्यक्षमा १५४२ मतका साथ काँग्रेस अघि रहेको छ । नेकपा एमालेको मत ११९७ रहेको छ । वडा नम्बर ३ मा पनि १४९७ मतका साथ काँग्रेस अघि रहेको छ भने एमालेको १२४० मत रहेको छ । वडा नम्वर १४ मा विहानदेखि मत गणना सुरु भएको छ । सुरुवाती अग्रता काँग्रेसले न लिएको छ । वडा अध्यक्षमा काँग्रेसको २४ मत आउँदा एमालेको १२ मत रहेको छ । वडा नमवर १६ पनि काँग्रेसका उम्मेद्वार २० मतले  अघि छन् । रुख चिन्हमा १२९३ मत आउँदा सूर्य चिन्हमा १२७३ मत प्राप्त भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।