बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी मत गणनामा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेद्वार मोहन चापागाईंले अग्रता लिएका छन्।
१८ हजार १६९ मतगणना गरेर सक्दा चापागाईंले ७ हजार ५ सय ७ मत प्राप्त गरेर अघि छन्। निकटतम प्रतिद्धन्धी गठबन्धन दलका तर्फबाट मेयर उम्मेद्वार राम कृष्ण खाँणले ७ हजार ३ सय ५ मत प्राप्त गरेका छन् । खाँण चापागाईंभन्दा २ सय २ मतले पछि परेका छन्।
यसैगरी उप प्रमुख पदमा पनि नेकपा एमालेकी जागेश्वरीदेवि चौधरीले फराकिलो मतान्तर कायम राखेकी छन्। पछिल्लो मत परिणाम अनुसार चौधरीले ६ हजार ९४३ मत प्राप्त गर्दा निकटतम प्रत्यासी गठबन्धन दलको तर्फबाट गोलाकार भित्र हँसिया हथौडामा ३ हजार ३२९ मत प्राप्त भएको छ।
प्रतिक्रिया